Archive for June, 2018

‘मेस्सी नै सबभन्दा निपुण खेलाडी’

June 25, 2018

‘मेस्सी नै सबभन्दा निपुण खेलाडी’

यशस्वी कवि तथा कथाकार अभय श्रेष्ठ अखबारी लेखनमा पनि सक्रिय तथा सुपरिचित छन् । राजनीति, समाज, संस्कृति तथा जनताका दैनन्दिन सरोकारमा निरन्तर कलम चलाइरहेका उनी लामो समयदेखि पत्रकारितामा आबद्ध छन् । भक्तपुर, गुण्डुका स्थायी वासिन्दा श्रेष्ठका कायाकल्प (कवितासंग्रह), तेस्रो किनारा (कथासंग्रह) प्रकाशित छन् । उनी अनुवादमा पनि सक्रिय छन् । श्रेष्ठसँग सम्पूर्णका लागि दीपक सापकोटाले विश्वकप फुटबल लगायत विषयमा संवाद गरेका छन् ।

फुटबलबारे तपाईंको गहिरो चासो छ । एक जना कवि अनि पत्रकारका दृष्टिमा यसपालिको विश्वकप कसले जित्ला ?
मेरो कवि हृदयले यसपालि अर्जेन्टिनाले जितोस् भन्छ । यसो भए पाँच पल्ट फिफा वर्ष खेलाडी भइसकेका लियोनल मेस्सी इतिहासकै सर्वश्रेष्ठ फुटबलर हुनेछन् । होइन भने इतिहासका एक जना महान् फुटबलर अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिन बाध्य हुनेछन् । उनी महान् मात्र होइन, अद्भूत फुटबलर हुन् । मैले बुझेसम्म उनी फुटबल इतिहासकै सर्वश्रेष्ठ ड्रिब्लर, प्लेमेकर र स्कोरर हुन् । एन्टी फुटबल (डिफेन्स मात्र खेलेर जित्न खोज्ने) भन्दा टोटल फुटबलमा उनको जोड देखिन्छ । आफ्नै डी एरियादेखि विपक्षीको डी एरियासम्म एक्लै ड्रिब्लिङ गर्दै विपक्षीका सारा डिफेन्डरलाई झुक्याएर गोल गर्ने क्षमता उनमा देखिन्छ । फ्री किक प्रहारमा पनि उनी विशिष्ट छन् । अरुलाई ‘एसिस्ट’ गर्न पनि उनी उदार छन् । उनको साथमा सर्जियो अग्विरो, गोन्जालो हिग्विन, मास्चेरानो, डी मारिया जस्ता निपुण खेलाडी छन् । अर्जेन्टिनाका नयाँ केही खेलाडी पनि कम छैनन् । आइसल्यान्डसँगको खेलको भरमा मेस्सी र अर्जेन्टिनाको मूल्यांकन गर्नु हुँदैन । हो, मेस्सीले त्यसमा पेनाल्टी ‘मिस’ गरे । अन्य कतिपय खेलमा पनि ऐनमौकामा उनले पेनाल्टी बिगारेका छन् । तर, आइसल्यान्डसँगकै खेलमा गोलपोस्टमा उनको १३ प्रहारमा एउटै नछिर्नु वा किपरले छेक्नु दुःखद् संयोग हो । तथापि, यो विश्वकप अर्जेन्टिनाले जित्ने सम्भावनालाई नकार्न सकिन्न । तर, त्यसका लागि मेस्सीले क्लब फुटबलमा जस्तै जादु देखाउन सक्नुपर्छ ।
वस्तुगत परिस्थिति हेर्दा यसपालि ब्राजिलले जित्ने सम्भावना बढी छ । नेमार, काउटिन्हो, पाउलिन्हो, कासिमेरो, विलियन, डानिलो, थिएगो डी सिल्भा, मिरान्डा, मार्सेलो लगायत यसका सबैजसो खेलाडी उत्कृष्ट फर्ममा छन् । जर्मनीको सम्भावना त सधैँ छँदैछ । ऊसँग त्यति ठूला स्टार खेलाडी छैनन् । तर, सबै समान स्तरमा उत्कृष्ट खेल्न सक्ने खेलाडी ऊसँग छन् । संसारमै सबैभन्दा लयात्मक पारामा खेल्न सक्ने टीम पनि उही हो । स्पेन र फ्रान्सको सम्भावना पनि कम छैन । कम्तीमा सेमिफाइनलमा पुग्ने देश यिनै हुन् । (more…)