Archive for January, 2018

सिनेमाको समाजशास्त्र

January 14, 2018

By Abhaya Shrestha

सन् १८९५ को डिसेम्बर २८ मा लुमिएर दाजुभाइका छोटा फिल्म प्रदर्शन हुँदा विश्वभरि हलचल मच्चिएको थियो । तर, यही माध्यम पछि कलाक्षेत्रको सबैभन्दा प्रभावशाली विधा बन्छ भनेर कसैले सोचेको थिएन । लुमिएर दाजुभाइका फिल्ममा स्टेसनतर्फ आइरहेको रेल, बगैँचामा पानी हालिरहेको माली, कारखानाबाट बाहिर निस्किरहेका मजदुरका सट अर्थात् दृश्यांशहरू थिए । दृश्यांशहरू जोडेर दृश्य र दृश्यहरू जोडेर सिंगो फिल्म बनाउने सम्भावनाबारे त्यतिबेला कसैले अनुमान गरेको थिएन । आज विश्व सिनेमा १२० वर्षको हुँदा संसारमा प्रविधिका दृष्टिले मात्र होइन, प्रयोगका दृष्टिले पनि अचम्भित पार्ने फिल्महरू बनिरहेका छन् । यस आलेखको उद्देश्य त्यसको लेखा उतार्ने नभई संसारका र हाम्रै देशका प्रशंसित केही फिल्मका नउक्काइएका पक्षबारे चर्चा गर्नु हो ।

‘पशुपतिप्रसाद’ को
गलत कास्टिङ
दीपेन्द्र के खनालको चर्चित फिल्म ‘पशुपतिप्रसाद’ बारे यत्रतत्र प्रशंसा सुनिन्छ । इटालीको नियोरियलिस्ट फिल्मले झैँ यस फिल्मले पनि नयाँ घटना अर्थात् २०७२ वैशाख १२ को भूकम्पछि उत्पन्न नयाँ परिस्थितिको मार्मिक चित्रण गर्छ । यो, सिन्धुपाल्चोकबाट स्वर्गीय बाबुको ऋण तिर्ने पैसा कमाउन काठमाडौँ आएर संघर्ष गर्ने भूकम्पपीडित युवकको हृदयविदारक कथा हो । उसका बाबुआमा भुइँचालोले घर भत्काउँदा थिचिएर मरेका हुन्छन् । शव जलाउँदा फालिने सिक्का, चाँदी र सुनका औँठी पाइने आशमा ऊ आर्यघाटवरिपरि भौतारिरहन्छ । यही चुत्थो काम गर्दा पनि गुन्डा र अपराधी समूहसँग उसले संघर्ष गरिरहनुपर्छ । एक दिन उसका हातमा शवको औँलाबाट निकालेर बागमतीमा फालिएको सुनको दामी औँठी पर्छ । तर, त्यही औँठीका कारण भिडद्वारा क्रूरतापूर्वक कुटिएर उसले ज्यान गुमाउनुपर्छ । यसरी दर्शकलाई शोकाकूल बनाएर फिल्म सकिन्छ ।
कथा र अभिनयकलाका हिसाबले यसलाई राम्रो फिल्म मान्न सकिन्छ । यसका निर्देशक, कलाकार र फिल्म स्वयंले अनेक पुरस्कार पाएका छन् । समीक्षकबाट पनि पर्याप्त प्रशंसा पाएको यस फिल्मको एउटा गम्भीर गडबडीले चाहिँ पूरै फिल्मलाई खल्लो बनाइदिन्छ । (more…)