satyakura
मार्टिन चौतारीमा त्यो क्षण
माघ ३ गते मंगलबार मार्टिन चौतारीले आयोजना गरेको मेरो कथासंग्रह ‘तेस्रो किनारा’माथि छलफलमा अधिकांश विद्यार्थी पुस्ता थिए । म त कुस्तुर थिएँ कार्यक्रम सुनसान हुन्छ भनेर । मैले फोन गरेर निम्त्याएका अधिकांश व्यक्ति आउन पाउनुभएन । विद्यार्थी पुस्ताले चौतारीको हल ढपक्क ढाकिदिए र कथाभित्रका पटकथाका केस्राकेस्रा केलाएर मलाई र्याखर्याखती पारे । नयाँ पुस्तालाई हेप्न नसकिने रहेछ भाइ ! द्वारिका थेबे, माजरी दाहाल, सन्तोष परियारलगायत विद्यार्थीले पढ्न पटक्कै अल्छी नलाग्ने र अत्यन्त राम्रो किताब भनेर मलाई सगरमाथा पुर्याइदिए । अभिनय थापा, प्रभाकर गौतमले चाहिँ नायक आदर्शवान् , समाज खराब पनि हुन्छ र भनेर टुपी ताने । घिमिरे युवराजले पात्रहरुलाई ब्ल्याक एन्ड ह्वाइटमा मात्र किन हेर्छौ हँ भनेर कान निमोठे ।
घनश्याम खड्का, वसन्त बस्नेत, अमोघ काफ्ले, अशोक सिलवाल, keshav silwal, विकास बस्नेत, सन्तोष परियारले चाहिँ मेरो एकाहोरो प्रतिरक्षा गरिरहे । कार्यक्रमका पण्डित संगीत श्रोता र ब्रबिमकुमारले मेरा कमजोरी औँल्याए, पढ्नैपर्ने किताब भनेर पनि फुक्र्याए । दुवैले मेरो लामो कथा ‘अ.त.का सत्याग्रह’ का दुई पात्रको सहनशीलता अलि अस्वाभाविक भएको भने । ती दुई पात्र आदर्श शिक्षकको संगतमा परेर गान्धी र सुकरातकै जीवनशैली अँगाल्ने प्रण गर्छन् । त्यसैबापत राजनीति केही थाहा नभएका उनीहरु अ. त. अराष्ट्रिय तत्व कहलिन्छन् र एउटा किशोरको हत्यै हुन्छ । गान्धी र सुकरात कहाँ स्वाभाविक पात्र थिए त ? अनि उनीहरुको जीवनशैली अँगाल्न खोज्ने किशोरहरु अस्वाभाविक हुनु अनौठो कसरी हुन्छ ? आफू त हडफिल । बोल्नै सकिएन । यो जुनीमा बोलेर नखाने भइयो भाइ ! खाएरमात्र बोलिने हो कि क्या हो  ? जे भए पनि कार्यक्रम मलाई प्रेरणादायी लाग्यो । प्रेमपूर्ण आलोचनाजति सुन्दर प्रतिकि्रया अरु केही हुँदैन रहेछ ।
संकटमा सहिद
त्यसै पनि पनि सहरमा सहिदको अपमान गर्ने अनेक विम्ब छन्। शोभाभगवतीमा विष्णुमतिको गन्ध झेल्दै उदास मुद्रामा उभिएको गंगालालको सालिकलाई धर्मपथको बीच सडकमा गर्वोन्नत उभिएको जुद्धशमशेरको सालिकले खिसी गरिरहेको छ। सहिदद्वारमा त्रिभुवन शाहको सालिकमुनि महान् चार सहिदका सालिक च्यापिएका छन्। त्यसमाथि सत्ताको बिनसँगै हल्लिएर मूल्य-मान्यताको अवसान भएको राजनीतिमा सहिद सबैभन्दा सस्तो पदवी भएको छ।
नेपाल प्रज्ञा प्रतिष्ठानले छापेको नेपाली बृहत् शब्दकोशअनुसार सहिद ‘आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्ति’ हो। सजिलोमा भन्दा कुनै पनि आदर्शका लागि कुनै सम्झौता नगरी प्राण अर्पण गर्ने व्यक्ति सहिद हो। सहिद भन्नासाथ हाम्रो नजरमा गंगालाल, धर्मभक्त, शुक्रराज शास्त्री, दशरथ चन्दको विम्ब आउँछ। लखन थापा, कृष्णलाल अधिकारी, लक्ष्मीनन्दन चालिसे, भीमदत्त पन्त, दुर्गानन्द झा, कृष्ण सेन इच्छुक, सरोज कोइराला, ऋषि देवकोटा ‘आजाद’, रतन वान्तावा, यज्ञबहादुर थापा अन्य केही नाम हुन् जसलाई सबैले सहिद स्विकार्न सक्छन्। ०६२/६३ को आन्दोलन सफलतासँगै तथाकथित सहिदको लर्को लाग्यो। तीमध्ये कतिले स्वर्गका कार्टुनिस्टलाई नै व्यंग्य गरिरहेका होलान्।
संविधानसभा निर्वाचनपछि बनेको एनेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहालको सरकारले ८ हजार ५ सय जनालाई सहिद घोषणा गर्‍यो। माधव नेपाल सरकारले त्यसमा ४ हजार व्यक्ति थपिदियो। नेपाली कांग्रेससँग आफ्ना सहिदको बेग्लै सूची छ। पछिल्लो पल्ट उसले चितवन जेलमा आक्रमणमा परी मारिएका शिवप्रसाद पौडेललाई सहिद घोषणा गर्न देशै बन्द गराएर खैलाबैला मच्चायो। कांग्रेस स्वयंलाई थाहा छ, पौडेल सहिद हुने कोटीका होइनन्। ‘दसौँ हजार लायक, नालायक सहिदको सूचीमा एउटा शिव पौडेल अट्नु नपर्ने कारण के छ?’ थाहा छ, यो गलत हो। सबैले गल्ती गरिरहेको ठाउँमा गल्ती गर्न पाउनु मेरो पनि मौलिक अधिकार हो। गान्धीवादी पार्टीको यस्तो ‘तर्क’ सुन्दा जगतै हाँसिरहेको छ। मूल्य र मान्यताको राजनीतिक अवसान भएपछि हुने यस्तै हो।
सहिद पदवीमा त्यस्तो के छ जसका लागि दलहरु यस्तरी मरिमेटिरहेका छन्? उही परिवारले पाउने दस लाख रुपियाँ। पुस २ गते काठमाडौँमा मृत्यु भएलगत्तै नेपाली कांग्रेसका भातृ संगठनहरुले गरेको अघोषित बन्दबाटै बाबुराम भट्टराई सरकार फत्तक्क गलिसकेको थियो। उसले सहिद परिवारलाई जतिकै पौडेल परिवारलाई पनि क्षतिपूर्तिस्वरूप दस लाख दिने घोषणा र घटनाको न्यायिक छानबिनका लागि आयोग गठन गरेकै हो। यति हुँदा पनि कांग्रेसले त्यसको दुई दिनपछि अत्यन्त असहिष्णु बन्द गर्‍यो। बन्दबाट तर्सेर भट्टराई सरकारले मुद्दा फिर्ता र सहिद घोषणा प्रक्रिया सुरु भएको घोषणा गर्नुपर्‍यो। यथार्थमा कांग्रेसलाई पौडेलसँगै फौजदारी मुद्दा लागेका प्रभावशाली गुन्डा कार्यकर्ता प्रमिस राईको मुद्दा फिर्ता गराएर चितवनमा फेरि तरुण दलको जगजगी कायम गर्नु थियो। त्यसमा उसले संविधानसभा निर्वाचनपछि सत्ताको विलासी आसनबाट सडकमा फ्याँकिएको कुन्ठास्वरूप मारिइसकेका व्यक्तिको फौजदारी मुद्दा फिर्ता र सहिद घोषणाको तोप तेर्स्याइदियो। कांग्रेसले दिएको अल्टिमेटम सकिने पूर्वसन्ध्यामा प्रधानमन्त्री बाबुराम भट्टराईले गृह मन्त्रालयले दिएको आश्वासनको खण्डन गरेका छन्। यसले लोकतन्त्रप्रेमीको भन्दा बढी उच्च वर्ग, कर्मकान्डी र यथास्थितिवादीको पार्टी बन्दै गएको कांग्रेसलाई माओवादीभन्दा चर्को ‘क्रान्तिकारी’ बन्न प्रेरणा मिल्नेछ।
देशभरि कोको कति जना, केके कारणले मरेका छन्, पृष्ठभूमिमा शक्ति छ भने सबै सहिद घोषित हुन सक्छन्। लोग्नेको कुटाइबाट मरेकी महिला पतिपीडित सहिद, स्वास्नीको अपहेलना सहन नसकेर आत्महत्या गरेका लोग्नेहरु पत्नीपीडित सहिद, मोटरले किचिएर मारिएका व्यक्ति पांग्रा पीडित सहिद, घाँस काट्दा लडेर मरेकी महिला भिरपीडित सहिद। यसले गर्दा शक्ति प्रदर्शन गर्नसक्नेले चाहँदा मरेका जोकोहीलाई सहिद घोषित गराउन प्रेरणा मिल्छ।
झन्डै दुई हप्ताअघि विश्व मानवअधिकार दिवसमै कालीकोट, जुबिथा गाविसका मनवीर सुनारलाई चुलो छोएको निहुँमा ठकुरी बाबुसापहरुले कुटेरै मारिदिए। उनी जातिवादी समाजको दृष्टिमा अछुत कामी थिए। उनको ज्यान जानुको एउटै कारण त्यही थियो। पसल ठकुरी बाबुसापको थियो। पाहुना आएका बेला चुलो नछुन तिनले सुनारलाई चेतावनी दिए। पाँच वर्षअघि नै छुवाछुतमुक्त घोषित मुलुकमा यस्तो सामाजिक विभेद! पसलजस्तो सार्वजनिक ठाउँमा कसैलाई नआऊ भन्न मिल्दैन। जुनसुकै स्थितिमा होऊन्, मनवीरले विद्रोह गरेर चुलोमा चुरोट सल्काए। ठकुरीसापका दुई ठकुरी पाहुना मीनबहादुर शाही र दीपक शाहीले जातीय अहम् प्रदर्शन गर्दै सुनारलाई कुटेरै मारिदिए।
उच्च जातिवादीको जगजगी रहेको देशमा दलितका लागि बोलिदिने कोही भएन। मधेसी दलको ‘नुन खाएको’ सरकारले निमुखा कामीको पक्षमा त्यसै केही गर्ने कुरा भएन। आफूलाई दलित नमान्ने राजधानीमा मोजमज्जा गरिरहेका दलितले यस्तोमा किन बोल्ने जो स्वयं क्षेत्री, बाहुन बन्ने ताकमा छन्।? दलित संस्थाको नाममा राजधानीमा खुलेका एनजिओहरु पनि विदेशी सहयोगको गुलियोमा भुलिए। यस्तो बेला दुर्गम कालीकोटका दुःखी कामीको हत्यामा कसले बोल्ने? संयुक्त राजनीतिक दलित संघर्ष समितिले हत्या भएको ११ दिनपछि बल्ल प्रधानमन्त्रीलाई स्मृतिपत्र बुझायो जसमा मनवीरलाई सहिद घोषणा र हत्यामा प्रत्यक्ष-अप्रत्यक्ष संलग्नलाई कडा कारबाहीको माग गरिएको छ। त्यो, मागमै सीमित भयो भने अचम्म नमाने हुन्छ।
मनवीर दलित अधिकारका लागि सचेत विद्रोह गर्ने क्रममा मारिएका होइनन्। यस हिसाबले उनलाई सहिद भन्नु अर्को हास्य हो। परन्तु, आपराधिक भिडन्तमा मारिएका शिव पौडेल सहिद घोषित हुन सक्छन् भने जातिवादी सामाजिक व्यवस्थालाई चुनौती दिने मनवीर कामी सहिद हुनु नपर्ने कारण रहँदैन।
धन्य, धर्मभक्त, गंगालाल, शुक्रराज, दशरथ चन्द, सरोज कोइराला, आजाद, दुर्गानन्द झा, यज्ञबहादुर थापा आदि कोही पनि सहिद पदवी खारेजीको माग गर्न आउँदैनन्। बरु, माओवादी जनयुद्धका क्रममा राज्य र माओवादी दुवै तर्फबाट मारिएकालाई सहिद मान्ने घोषणापछि अत्यधिक अपमानबोधले केही सहिद परिवारले सामूहिक आत्मदाहको चेतावनी दिएका थिए। फेरि त्यही स्थिति आउन सक्छ। बुद्धि पुर्‍याउने हो भने दलहरुको राजनीतिक सहमतिमा सरकारले त्यसअघि नै यी सर्वमान्य सहिदलाई बर्खास्त गरिहाल्नुपर्छ। त्यसपछि जसलाई सहिद घोषणा गरे पनि हुन्छ।
दलित किन मारिए?
विश्व मानवअधिकार दिवसमै कालीकोट, जुबिथा गाविसका मनवीर सुनारलाई कुटीकुटी मारियो। इन्सेकको प्रतिवेदन पूर्व प्रकाशित समाचारभन्दा फरक आए पनि जातिवादी समाजको दृष्टिमा उनी अछुत कामी हुनु नै हत्याको एकमात्र कारण थियो। हुन त मानवअधिकार आयोगको प्रतिवेदनले यसको टुंगो लगाउला, इन्सेककै प्रतिवेदनअनुसार पनि विवादको जड पसलमा दुई ठकुरी बाबुसापले उनलाई ‘डुम’ भनेर होच्याउनु थियो।
अर्को घटनाचाहिँ हालै तनहुँको घाँसीकुवामा भयो। घाँसीकुवा-१ नाहालाकी डेरावाल माया विश्वकर्माले भरिएको गाग्रो पन्छाएर धारामा आफ्नो गाग्रो भरिन्। त्यही निहुँमा गाग्राधनी अजित श्रेष्ठ र उनका परिवारले अस्पतालै भर्ना गर्नुपर्ने गरी उनलाई कुटे। डेराको आडैको धारामा बिहान-बेलुका दुई-दुई घन्टामात्र पानी आउने रहेछ। छिमेक पाँच घरका आठ परिवारले सोही धाराबाट पानी भर्ने गरेका रहेछन्। भरिएर धाराको पानी खेर गइरहँदा गाग्राधनीलाई पर्खुन्जेल धारा सुक्ला भन्ने डर! यस्तो बेला भरिएको गाग्रा पन्छाएर आफ्नो गाग्रा भर्नुमा मायाको कुनै दोष थिएन। अजितको परिवारले धारा सुके जसरी पनि मायालाई पानी दिने ग्यारेन्टी दिएको त थिएन! श्रेष्ठ थर हुँदैमा दुष्ट व्यवहार गरे पनि सर्वोत्कृष्ट हुन्छु भन्ने भ्रम अजितलाई रहेछ। यसरी उनी अजित श्रेष्ठबाट अजित ‘निकृष्ट’ भए। साँच्चिकै श्रेष्ठ हुन उन्नत मानवीय व्यवहार गर्न जान्नुपर्छ भनेर तिनलाई कसले सिकाइदेला?
अलिअघि मात्र कास्कीको घान्द्रुकमा एक दलित शिक्षकलाई धनी गुरुङ महोदयहरुले त्यसैगरी ठटाएका थिए। अझ उनलाई महिलाको पेटीकोट लगाइदिएर ‘बेइज्जत’ गरेेछन्। पेटीकोट पहिराएर तिनले दलितमाथि अत्याचारमात्र गरेनन्,स्त्री जातिकै अपमान गरे। दलित भएकै कारण आशय छुवाछुत र अपमानका घटनाको बयान साध्य छैन। कुटपिट र हत्याका घटनासमेत कम छैनन्। दलित कार्यकर्ता सरोजदिलु विश्वकर्माका अनुसार यसअघि अन्तर्जातीय विवाह गरेको निहुँमा दैलेखमा केटाको बाबु सेते दमाईलाई खुकुरी प्रहार गरी मारिएको थियो। हुम्लामा गैरदलित युवतीसँग प्रेम गरेको निहुँमा केटालाई भिरबाट खसालेर मारियो। कास्कीमा अन्तर्जातीय विवाह गरेको निहुँमा केटाको हातखुट्टा भाँचियो। सप्तरीको पिप्रा गाविस ७ र वीरगन्ज नगरपालिकाभित्रको दलित बस्तीमा आगो लगाइयो। रौतहटमा ७० वर्षे महिलामाथि सामूहिक बलात्कारै भयो।
अन्त त्यस्ता कति घटना भएका होलान् जो मिडियामा आएका छैनन्! धन्य मिडिया, जसले यस्ता घटनालाई विशेष प्राथमिकता दिएर प्रकाशमा ल्याएका छन् ! जुबिथा घटनाविरुद्ध संयुक्त राजनीतिक दलित संघर्ष समितिले हत्या भएको ११ दिनपछि प्रधानमन्त्रीलाई स्मृतिपत्र बुझायो। दलित सभासद्हरुले व्यवस्थापिका-संसद् अवरुद्ध गरे। फलतः प्रधानमन्त्री बाबुराम भट्टराईले छुवाछुतका यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गर्नुपर्‍यो। मनवीरका परिवारलाई १० लाख रुपियाँ राहतको घोषणा गर्नुपर्‍यो। घान्द्रुक घटनामा छानबिन भयो। तनहुँ, घाँसीकुवाका अजित श्रेष्ठ र उनका परिवारलाई भने कारबाही भएको खबर सुनिएको छैन। माया र उनकी आमा कति दिनदेखि अस्पतालको चिसो छिँडी रुङिरहेका होलान्।
साँच्चै, मनवीर किन मारिए? घान्द्रुकमा शिक्षक र तनहुँमा माया किन कुटिए? अन्तर्जातीय प्रेम गर्ने युवक र दुलाहाको बाबु किन मारिए? नेपालमा २००७ सालमा प्रजातन्त्र आएपछि जातीय भेदभाव र छुवाछुतलाई दण्डनीय अपराध मानिएको हो। ०६२-६३ को आन्दोलनलगत्तै नेपाल छुवाछुतमुक्त देश घोषित भयोे। यही वर्ष त्यो ऐन पनि बनिसकेको छ। परन्तु, किन हाम्रा दुःखी दलित दाजुभाइ, दिदीबहिनीमाथि अत्याचार रोकिएन?
जातिभेदको जरा
दलित कवि तथा सभासद् आहुतिको किताब ‘नेपालमा वर्ण व्यवस्था र वर्ग संघर्ष’ का अनुसार दक्षिण एसियामा करिब ३५ सय वर्षअघि वर्ण व्यवस्थाको जग हालिएको थियो। करिब २ हजार वर्षअघि ब्राह्मण राजा मनुको शासनकालमा वर्णव्यवस्थामाथि छुवाछुत लादियो। त्यसपछि कथित उच्चजातीय शासनलाई दीर्घजीवी बनाउन छुवाछुतसहितको वर्ण व्यवस्था कठोर पार्दै लगियो। भारतबाट हिन्दू शासक र जनताको प्रवेशसँगै नेपालमा पनि यो व्यवस्था आइपुग्यो। नेपालमा पानी नचल्ने बनाइएका तीन समुदाय छन्। खस-पहाडियामा दमाई, कामी, सार्कीस नेवारमा च्यामे, पोडे, कसाई, कुस्ले र मधेसीमा मुसहर, पासवान, वादी, कमैया, चमार आदि छन्।
हिन्दू सनातन संस्कारको प्रभाव रहेको हाम्रो समाजमा अझै पनि महाभारत, रामायणलगायत १८ पुराणलाई आदर्शको स्रोत मानिन्छ जसको जरादेखि टुप्पैसम्म दलितको अपमान गरिएको छ। वैज्ञानिक युगको फड्कोसँगै महाभारतमा गीता नियमित पढ्ने, सम्पूर्ण पुराणको सारसंक्षेप श्रीमद् भागवत लगाउने चलन बढ्दो छ। हाम्रा शास्त्र सिर्जनशीलता र कल्पनाशीलताका दृष्टिले संसारकै उत्कृष्ट साहित्य हुन्। किन्तु, इतिहास र समाजशास्त्रका हिसाबले यी सर्वथा विरोधाभासपूर्ण, अस्पष्ट, रहस्यमयी र धोकापूर्ण छन्। कति ठाउँमा यिनले विश्व भाइचारा, करुणा, दया, माया, मानवताका कुरा उठाएका छन् जसको खण्डन यिनैका कतिपय प्रसंगलले गरेका छन्। विडम्बना, तिनले सिकाएका असल कुरा हामी अनुशरण गर्दैनौँ, खराबचाहिँ तुरुन्तै ग्रहण गर्छौँ। १८ पुराणका कति प्रसंगमा दुष्ट, राक्षस र दलित हत्याको पाप लाग्दैन भनिएको छ। दलित भक्त शवरीको जुठो बयर खाएर रामले जातीय भेदभावको रेखा मेटिदिएका थिए। आठ ऋषिको उक्साहटमा वेद पढेको र तपस्या गरेको अभियोगमा उनैले दलित शम्बुकको हत्या गरेर अमानवीय वर्ण व्यवस्थालाई प्रश्रय दिए।
महाभारतको कथामा दलित भएका कारण द्रोणाचार्य एकलव्यलाई धनुर्विद्या सिकाउन अस्विकार्छन्। तिनै एकलव्य स्वअभ्यासबाट कुरुकुलका राजकुमारहरुभन्दा पारंगत् हुन्छन्। त्यसपछि द्रोण गुरुदक्षिणास्वरुप बुढी औँला कटाएर उनको तेजोबध गर्छन्। कुनै पनि कुरामा कम नहुँदा पनि सूतपुत्र कर्ण अर्जुनसँग प्रतिस्पर्धा गर्न पाउँदैनन्। दलित भएकै कारण उनले द्रौपदीको स्वयंवरमा मत्स्यवेध प्रतिस्पर्धामा भाग लिन पाएनन्।
दलित र महिलाका हकमा हाम्रा शास्त्रका कतिपय सन्दर्भ मानवताविरुद्ध अपराध गर्न उक्साउने खालका छन्। युधिष्ठिरले द्रौपदीलाई पाँच दाजुभाइकी पारिवारिक वेश्या बन्न बाध्य पारे। कुरुकुलको भारदारी सभाले सुन्दरी द्रौपदीलाई युधिष्ठिरले जुवामा बाजी थाप्ने हक छ भनिदियो। यसरी महिला पुरुषको ‘सामान’ मात्र हो भन्ने सन्देश दिइयो। विडम्बना, महाभारतले तिनै युधिष्ठिर, भीष्म, युद्ध उत्प्रेरक कृष्णलाई आदर्श पुरुष मान्छ। चेतन वा अचेतनमा यस्ता सन्दर्भले हाम्रो ग्रन्थीलाई प्रभावित पारिरहेका छन्। शिक्षित, जातिभेदविरोधी, छुवाछुतविरोधी व्यक्तिको मुखबाट पनि ऐनमौकामा जातिभेदी वचन बाहिर आउनुको कारण यही हो। सामाजिकरुपमा अझै पनि क्षत्री-बाहुनले नेवारलाई ‘न्यार’ भनेर होच्याउँछन्, नेवारले मधेसीलाई ‘मान्छे होइन, मदिसे’ र तामाङलाई भोटे भनेर हेप्छ। तामाङले दलित र मधेसीलाई हेप्छ। दलितमै कामीले दमाई र सार्कीलाई हेप्छ। ठाउँअनुसार नेवार दलितले खस दलितलाई र खस दलितले नेवार दलितलाई हेप्छन्। दुवै दलितले मधेसी दलितलाई हेप्छन्। शिक्षित व्यक्तिसमेत ख्यालठट्टाको निहुँमा यस्तो प्रवृत्ति देखाउँछन्। दलितमाथि जातिभेदी व्यवहार हुनुमा मूलतः यही मानसिकताले काम गरेको छ।
अन्त्यमा
छुवाछुतविरुद्ध कानुन बन्नु महत्वपूर्ण कुरा हो। त्यसले दलितलाई पनि मूलधारमा आउन ढोका खोल्छ। परन्तु, यस्ता अमानवीय घटना निर्मूल गर्न उन्नत मान्छे बनाउने वैज्ञानिक र मानवीय संस्कृति अनिवार्य रहेछ। दलितविरोधी हरेक घटनामा कथित उच्च जातिले ‘आयन्दा कुनै पनि दलितले हेप्न नसकून्’ भन्ने मनसायले ‘देखाइदिएँ’ शैलीमा व्यवहार गरेको देखिन्छ। यो देश सवर्णको जत्तिकै दलितको पनि हो। नयाँ नेपालले उनीहरुलाई समान र सार्वभौम नागरिक मानेर न्यायमूलक समाजको सपना देखेको छ। देशले समान नागरिक मानेका दलितमाथि असमान व्यवहार गर्न तिनलाई कुन कानुनले यो अधिकार दियो? यसरी उनीहरुले नेपाली समाजलाई कलंकितमात्र पारेका छैनन्, देशद्रोह पनि गरेका छन्। मायामाथि कुटपिट गर्ने अजित हुन् वा अन्य, तिनलाई त्यति कडा सजाय र क्षतिपूर्ति तिराउनु जरुरी छ जुन देखेर कसैले फेरि जातिभेदको दुस्साहस नगरुन्।
‘अतको सत्याग्रह’बाट
अभय श्रेष्ठ
मास्टर नानीराम हाछेथुसँग हाम्रो शत्रुता एकाएक यसरी सकियो । त्यो दिन उनले हामी दुवैलाई साइकलको सिट र क्यारिजमा राखेर डोर् याउँदै घरनजिकको मोडसम्म ल्याएर छाडिदिए ।
त्यसपछि हाछेथु सर हाम्रा लागि पि्रय भए । हुन पनि भोजे सुकुलमा खुट्टा पसारेर बस्ने विद्यार्थीलाई दन्याएर लात हान्ने त्यस्ता सर एकाएक मायालु भएका थिए । कसरी उनमा यस्तो आकष्मिक परिवर्तन आएको थियो  सबै जना अचम्मित थिए ।
एक दिन घर फर्कँदै गर्दा उनले हामीलाई सुकरात र महात्मा गान्धीका कथा सुनाए ।
पुड्का डेब्रा आँखा भएका वृद्ध सुकरात प्राचीन युनानको एथेन्स नगरमा ज्ञानगुनका कुरा गर्दै हिँड्थे र सत्यलाई सबैभन्दा ठूलो भगवान् मान्थे । चाँडै नै उनी लोकपि्रय भए । नगरभरिका युवा उनका चेला बने । शत्रु पनि महान् मान्छेकै हुन्छन् । तिनले उनलाई नगरका युवालाई भाँडेको र नास्तिक भएको अभियोग लगाएर मृत्युदण्डको माग गरी मुद्दा हाले ।
नगरराज्यका ३० वर्ष पुगेका पाँच सय एक जनाले मुद्दामा मतदान गरे । २८१ मत मृत्युदण्डको पक्षमा र २३० विपक्षमा पर् यो । मृत्युदण्डको बदला साथीबाट सापटी पाएको २९ मिनार तिर्न उनी तयार भए । फेरि मतदान भयो । एथेन्सको भीडतन्त्रले आफ्नो समयका महान् सत्यवादीलाई बचाउने अवसरको बदला फेरि पनि मृत्युदण्डकै लागि अनुमोदन गर् यो । अन्ततः उनलाई हेमलक विष खुवाएर मार्ने निर्णय गरियो । माफी मागेको भए उनको मुद्दा फिर्ता हुन्थ्यो । चेलाको सहयोगमा राज्य छाडेर उनी भाग्नै सक्थे । लाइसियस नामका एक व्यक्तिले यस्तो भाषण लेखेर दिएका थिए जुन अदालतमा पढेर सुनाएका भए माफी पनि नमागी उनी सकुशल रिहा हुन्थे । लाइसियसलाई उनले धन्यवाद दिए त्यति राम्रो भाषण लेखेर दिएकामा । तर त्यसमा उनले असत्यको गन्ध पाए र भने, ‘आफूलाई चिन म तिम्रो तरिकाबाट बाँच्नुभन्दा आफ्नो तरिकाबाट मर्नु उचित ठान्छु ।’ अरु उपाय अपनाउन पनि उनी तयार भएनन् । अन्ततः सत्तरी वर्षको वृद्ध उमेरमा सत्यको पक्षमा सुकरातले हाँसीहाँसी हेमलक विष पिएर प्राण त्यागे ।
भारतका अिहंसावादी नेता महात्मा गान्धी सुकरातका असली चेला थिए । एक पल्ट दक्षिण अपि्रुकामा गोराहरुले रेलको पहिलो दर्जामा धोबीजस्ता काला गान्धीलाई अघोर अपमान गरे । त्यसपछि विद्रोहस्वरुप उनले सधैँ तेस्रो दर्जामा यात्रा गरे । अिहंसाका महान् पुजारी गान्धी सत्यलाई नै ईश्वर मान्थे । अिहंसा र असहयोग आन्दोलन गरेरै संसारकै सबैभन्दा ठूलो साम्राज्य बेलायतबाट उनले सन् १९४७ अगस्ट १४ मा भारतलाई मुक्त गरेका थिए । तर उनी मोहमद अलि जिन्ना जवाहरलाल नेहरु सरदार बल्लभदाइ पटेलहरुको सत्तास्वार्थको सिकार भए । तिनकै कारण देश टुकि्रयो । हिन्दू-मुसलमानबीच भयंकर गृहयुद्ध चल्यो । यसविरुद्ध उनले फेरि सत्याग्रह गरे । त्यसै क्रममा सत्य र अिहंसाका यिनै महान् योगीलाई उनकै समुदायको एक व्यक्तिले सन् १९४८ जनवरी ३० मा गोली ठोकेर क्रूरतापूर्वक हत्या गरिदियो । गोली लागेपछि गान्धीको मुखबाट अन्तिम आवाज निस्केको थियो हे राम ।
‘बाबु हो सकिन्छ भने सुकरात र गान्धीजस्तै महान् बन्नुपर्छ । नभए आफ्नो मनले देखेको सत्यको पक्षमा उभिने प्रयास सधैँ गरिरहनुपर्छु हाछेथु सरले भने ।
सुकरात र गान्धीका कथा सुन्दा हाम्रा आँखाबाट थाहै नपाई आँसुका भल बगेका थिए । हामी कति दिनसम्म दिमाग र हृदयमा त्यही कथाको भारी बोकेर हिँडिरहेका थियौँ र हाँस्नै बिसर्िएका थियौँ ।
कथा सुनाएको केही दिनपछि हाछेथु सर कति दिन स्कुल आएनन् । सुनियो उनकी आमाको मृत्यु भयो । केही दिनपछि उनी सेतो लुगा लगाएर देखापरे । त्यस्तो लुगामा उनलाई देख्दा हामीलाई कस्तो रुन मन लागेको थियो !
त्यसको केही दिनपछि उनी आउनै छाडे । उनी आन्दोलनमा लागेका थिए रे । उनलाई जागिरबाट निकालिएको थियो ।
पि्रय नानीराम सर तपाईँ कहाँ हुनुहुन्छ
सुकरात र गान्धीका कथा हाम्रा हृदयमा कसरी कुँदिएको थियो भने हामीले सारा खराब बानी त्याग्ने प्रण गर् यौँ । पवनले आफ्ना सारा उटुङ्ग्याह कामका लागि प्रायश्चित गर् यो । खडानन्द र उसका नातिसँग आफ्ना अपराध ओकल्यो । त्यसका लागि सजाय देऊ भन्यो । तिनीहरुले उसलाई माफी दिए । आफ्नो उटुङ्ग्याह कामका लागि माफी माग्दै हजुरआमा र बाबुआमाको काखमा लडिबुडी गरेर रोयो । मीरासँग निकै बेर पश्चाताप गरिरह्यो जसलाई विगतमा उसले निकै अपमान गरेको थियो । मीरा हाँस्न थाली । भूतकृष्ण र साथीहरुसँग पनि माफी माग्यो । धेरैजसोले उसलाई बहुलाएको ठानॆ ।
हामी बुढाबुढी केटाकेटी सबैलाई सुकरात र गान्धीको कथा सुनाएर हिँड्न थाल्यौँ । कोही झगडा गरिरहेको छ भने उनीहरुलाई पनि यही कथा सुनाएर झगडा गर्नु कति व्यर्थ छ भनी बुझाउने प्रयास गथ्र्यौँ । बुढाबुढीहरु हामीलाई हकार्थे । केटाकेटी र युवकका नजरमा हामी एक नम्बरका जोकर भएका थियौँ । उनीहरु हामीलाई हाँसोमा उडाउँथे । हामीलाई देख्नेबित्तिकै भन्थे ुआए गान्धीका नक्कली छाउराहरु ।ु चाँडै नै हामी गाउँभरि कुख्यात भयौँ ।
एक दिन गाउँ पाचायतका प्रधानपाच वडाध्यक्ष दुई जना पुलिस लिएर हाम्रो स्कुल आए । पढाइ भइरहेको कक्षाबाट उठाएर तिनले हामीलाई हेडसरको कोठामा लगे । सारा विद्यार्थी झ्याल र ढोकामा ताँती लागेर हेर्न थाले ।
ुक्या हो केटा हो तिमीहरु अ।त। भएका छौ भन्ने सुन्छु नि ु प्रधानपाचले सोधे ।
हामी अकमक्क पर् यौँ ।
ुतिमीहरु गान्धी र सुकरातको जय गाउँदै हिँड्छौ रे नि हैन ु
समर्थनमा हामीले मुन्टो हल्लायौँ ।
ुगान्धी भनेको त तिमेर्का बीपीको बाउ पर् यो क्यारे ! यो सुकरात भनेको चाहिँ को हो नि  कि तिमेर्का आमाका नाठो हो ु वडाध्यक्षले अत्यन्त कडा स्वरमा बोले ।
हामी चुपचाप उभिइरह्यौँ । उनीहरु के भनिरहेका थिए को बीपी के अ।त। हामीले पटक्कै बुझेनौँ ।  हामीले पढेको, बीपी भनेको त ब्लडप्रेसर, गान्धी कसरी ब्लडप्रेसरका बाउ भए ? त्यही हिसाबले भन्ने हो भने त ब्लडप्रेसरको बाउ हर्टअक्याक होला । गान्धी हर्टअट्याकका बाउ हुने कुरै भएन ।
ुलौ भन त तिमारु नानीराम मास्टरको लहैलहैमा लागेर अ।त। भएका हो कि होइनौ ु प्रधानपाचले नरम स्वरमा सोधे ।
ुभन भन तिमीहरु त्यता लागेको हो  सरखारले थाहा पाए तिमीहरुलाई मात्र होइन तिम्रा बाउआमाको पनि छाला काटेर नुनचुक लगाउँछु हेडसरले भने ।
मेरो आङ सिरिङ्ग भयो ।
पवन र मैले किताब टाउकामा राखेर एकसाथ भन्यौ ुहामी कतै लागेका छैनौँ सर !ु
हामीले त्यस्तो कुनै शंकास्पद गतिविधि नगरेको हेडसरले स्पष्टीकरण दिएपछि प्रधानपाच वडाध्यक्ष र पुलिसहरु हामीलाई औँला ठड्याएर गए ।
त्यसपछि हामी गाउँभरि ुगान्धीका छाउराुबाट एकाएक अ।त।sा रुपमा कुख्यात भयौँ । अझ कतिपय त हामीलाई ुअ।त। डाँकाहरु भन्थे । यस्तो भन्नेमा खासगरी वडाध्यक्ष सदस्य र तिनका छोराहरु हुन्थे । डाँका भनेको त हामी बुझ्थ्यौँ जुन हामी थिएनौँ । अब त हामीले थोरैतिना खराब बानी पनि त्यागिदिएका थियौँ । अ।त। भनेको चाहिँ हामीले पटक्कै बुझेनौँ ।
कति कुरामा गाउँलेहरु हामीलाई असल पनि ठान्न थालेका थिए । हामी पानीले भिज्न लागेको गाउँलेको बिस्कुन उठाइदिन्थ्यौँ । हराएका बालबालिका खोजेर आमाबाबुकहाँ ल्याइदिन्थ्यौँ । फुकेर भागेका गाईवस्तु समाएर ल्याइदिन्थ्यौँ । पाखाबाट काठपात ओसार्न सघाइदिन्थ्यौँ । खोलामा खेर गएको पानी कुलामा ल्याइदिन्थ्यौँ । केटीलाई देख्दा सिी बजाउने जिब्रो पड्काउने भीडमा छिरेर तिनका तिघ्रा चिमोट्ने कुहिना तेस्याएर स्तनमा ठोकाउने जस्ता पुरानो बानी छाडिदिएका थियौँ । बरु केटीहरु स्वयं हाम्रो सन्न्यासी चाला देखेर न्यासि्रएझैँ लाग्थे ।
एक दिन मीराले पवनलाई त भनिदिएकै थिई ुकिन अब त म कोही न कोही भएँ होइन ु जबाफमा पवनले ुहोइनु भन्दै विनम्रपूर्वक मुन्टो हल्लाएको थियो ।
एक पल्ट पारी पाखाधारामा नुहाएर फर्कँदै गर्दा गाम्चाका केटाहरुले रोकेर हामीलाई सोधे ुघर कहाँ हो तिमार्को ु हामीले बताइदियौँ । हाम्रो गाउँको नाम सुन्नेबित्तिकै तिनीहरुले हामीलाई लात र मुक्का हान्न थालिहाले । सायद हाम्रो गाउँका कसैसँग तिनीहरुको पुरानो रिसइबी थियो । हामीले प्रतिकार गरेनाँै केबल एक-अर्काको बचाउ गर् यौँ । पवनलाई बचाउ गर्दा तिनीहरुले मेरो हात परक्क बटारेर घोप्टो पारेर लात र घुस्सा हाने । मेरो हात भाँचियो । मेरो बचाउ गर्दा पवन नाक र मुखबाट रगत बगाएर भुइँमा मुख जातेर पछारिन पुग्यो ।
हाम्रो गाउँ र स्कुलका दौतरीबीच पवनको नाकको घाउ र मेरो भाँचिएको हात ठूलो चर्चाको विषय बन्यो । महान् रहस्य पत्ता लागेझैँ उनीहरु हामीले कुटाइ खाएको घटना स्वाद मानीमानी सुनाउँथे र खुच्चिङ भन्थे ।
साथीहरु अचम्मित हुन्थे । छलफल गरिरहेका हुन्थे ुत्यस्तरी ठटाइ खाँदा पनि तिनीहरु किन एक-अर्कालाई छेकेरमात्र बसेका होलान् हँ ु
ुह्याउ नभएपछि के गरुन् त ु
ुहोइन पक्कै यसमा केही रहस्य छ । नत्र पहिला यिनारु कम थेु र !ु
ुयिनारु सुकरात र गान्धीको धर्ममा लागेका छन् रे नि !ु
ुलाग्छन् ! चुतियाका छाउराहरु नाटक गर्छन् नि ! यी त अ।त। हुन् रे अ।त। !ु
ुके हो यो अ।त। भनेको ु
ुअराष्ट्रिय तत्व । महाराजधिराजको गाथगादी ताक्ने र बम हान्ने समूहमा लागेकालाई अ।त। भन्छन् क्या ु
ुबाफ रे बाफ क्या ड्यान्जर रचन् म्याटोक्ने गधाहरु ! यिनार्लाई त रगत छदाउँदै गाउँ निकाला गर्नुपर्ने !ु
तिनका कुरा सुनेर हामी अचम्मित हुन्थ्यौँ । नबिराउनु नडराउनु भनेर हामी यस्ता कुरामा वास्तै गर्दैनथ्यौँ । बरु अब हामी आइलाग्नेलाई पनि हात फर्काउँदैनथ्यौँ । केबल एक-अर्काको बचाउ गथ्र्यौँ ।  यसको प्रभाव कस्तो भयो भने एकाएक दौतरीहरु हामीलाई अत्यन्त कमजोर र हेय ठान्न थाले । पहिले हामीसँग मिल्ने साथी पनि अब हामीबाट टाढा हुन्थे र हामीलाई हेप्नेहरुसँग नजिकिन्थे ।
ड्डड्डड्डड्ड
सुकरात र गान्धीबारे नानीराम सरले बताएभन्दा बढी हामीलाई केही थाहा थिएन । यति हो आफूले ठानेको सत्यका लागि सुकरातले ज्यानै दिएका थिए । एउटा गाला कसैले चड्काए अर्को गाला थापिदिन गान्धीले आह्वान गरेका थिए । हामी यिनै कुरा पुराणमा जडभरतले जस्तै प्रयोग गरिरहेका थियौँ र अनेक दुःख झेलिरहेका थियौँ ।
गाउँको दक्षिणपूर्वी सिरानमा सुन्दर बन थियो । त्यहाँ जात-जातका काफल र गुराँस पाइन्थे । वैशाखभरि गाउँका केटाकेटी बनका रुखरुखमा चमेराझैँ झुण्डिएर हाँगा भाँच्दै काफल गुराँस टिपिरहेका हुन्थे । बनको बीचमा ठूला ढुंगा बिच्छ्याएर बनाइएको सिँढी थियो जुन माथिको महादेव मन्दिर पुगेर टुंगिन्थ्यो ।
एक दिन पवन र म वनमा गुहेलो टिपिरहेका थियौँ । सिँढीको पूर्वपट्टि अलि भिरालोमा सानो बोटमा पहेँलपुर गुहेलो फलेको थियो । गाउँमा यसलाई जुरे काफल भन्थे । पवन र म त्यही बोटमा थियौँ । पवन त्यसताक निकै चलेको एउटा लोकगीतमा सुसेली हाल्दै हाँगा ढल्काएर छिटोछिटो गुहेलो टिपिरहेको थियो । पल्लो रुखमा दुइटा जुरेली मीठो स्वरमा दोहोरी खेलिरहेका थिए । एक्कासि केटाकेटीको कल्याङमल्याङ सुनियो । ुऊ गान्धीका छाउराहरु !ु शिवहरिले भन्यो । पछिपछि रामशंकर र अरु तीन जना आइरहेका थिए ।
ुसुँगुरजस्ता डोलेका छाउराहरु हुँदाहुँदा गान्धीका चेला भए हैन त ु उसले भन्यो ।
ुनाममात्र गान्धीको लिन्छन् । यी त अ।त। हुन् अ।त। ।ु
ुसुँगुरका छाउराहरु अ।त। ु
ुअ।त।हरुले सबै काफल सिध्याएछन् !ु अर्कोले भन्यो ।
ुयो काफलको बोट यिनका बाउको बिर्ता त होइन नि ! कि हो ु अर्कोले भन्यो ।
ुखोस्नुपर्छ है ु अर्कोले प्रस्ताव राख्यो ।
ुढुंगाले हानेर खुत्रुक्कै मार्दिम् यिनेर्लाई  ु
ुखसाल् अ।त। डाँकाहरुलाई त्यहाँबाट !ु
शिवहरि र हरहरि ढुंगाले हिर्काउन थाले । हामी दुवैले एक-अर्कालाई बचाउने प्रयास गर् यौँ । कति पल्ट त छल्यौँ तर हाम्रा जिउभरि सहिनसक्नु ढुंगा बसे्रका थिए । म चोट र अपमानबोधले रुन थालेँ । तल घोप्टे भीर थियो । खसियो भने एकै पल्ट महादेव खोलामा बजारिन पुगिन्थ्यो । हामी दुवै टुप्पाको हाँगामा चपक्क टाँसिएर बस्यौँ । पवन अचम्मकै प्राणी थियो । शरीरभरि ढुंगा लाग्दा पनि चुपचाप सहेर बसेको थियो ।
म झण्डै खसेको थिएँ । उसले चपक्क मेरो दाहिने हात समाएर बचायो । छेक्दाछेक्दै एउटा ढुंगा पवनको निधारमा बेस्सरी लाग्यो । उसको मुखबाट रोकेर रोकिनसक्नु पीडामिश्रित आवाज निस्कियो । धन्न रुखबाट खसेन । निधारबाट रगत र आँखाबाट आँसु एकै पटक तरर्र झर्न थाले ।
ुखुब फुर्ती गथ्र्यो म्याटोक्ने त्यसको पुर्पुरो सेकिदिएँ !ु केटाहरु हाँस्न थाले ।
संयोगवश त्यसै बेला मन्दिरबाट दुई जना ठूला मानिस ओर्लिरहेका थिए । पारी गाउँका घनश्याम र गोपी रहेछन् ।  केटाहरु कुलेलम ठोके । धन्न उनीहरु आएकैले हामी बाँच्न पायौँ । नत्र हामी सायद रुखबाट खस्थ्यौँ । हामी प्रतिकार गर्दैनथ्यौँ र तिनीहरु एकोहोरो हामीमाथि प्रहार गरिरहेका थिए । सायद हामी घोप्टे भीरमा खस्थ्यौँँ जहाँ हाम्रो हाडखोरसमेत खोलाले बगाएर लान्थ्यो ।
एकै छिनमा हामी समालिएर ओर्लियौँ । पवनको निधारबाट अझै रगत बगिरहेको थियो । रगत जमेर मेरा गाला र च्युँडो निला भएका थिए । जिउ चलमलाउनै नहुने गरी दुःखिरहेको थियो ।
ुके भयो ु घनश्याम र गोपीले सोधे ।
ुतिनीहरुले हामीलाई रुखबाट खसाल्न खोजे । तलबाट ढुंगा हाने ।ु
ुको थिए तिनीहरु ु
ुको थिए तिनीहरु भन्या  सुन्दैनौ कि क्या हो ए केटा हो ु
ुहोइन किन बोल्दैनौ  तिमीहरु लाटा हौ कि क्या हो ु
ुअघि त बोलेका थिए होइन र भन्या ु
ुतिमीहरु कसका छोरा रे ु
हामीले आ-आफ्ना बाका नाम बताइदियौँ ।
ुके रे त्यो अ।त। भन्ने तिमीहरु नै हौ  त्यस्तो काममा कहिल्यै नलाग्नू है ु
उनीहरुले हामीलाई घर पुर् याइदिए ।
घटनाबारे बाआमाले कति सोध्दा पनि हामीले केही बताएनौ । हामीले उहाँहरुबाट पनि कुटाइ खायौँ ।
I Never Loved You More
BY Bertolt Brecht
I never loved you more, ma soeur
Than as I walked away from you that evening.
The forest swallowed me, the blue forest, ma soeur
The blue forest and above it pale stars in the west.
I did not laugh, not one little bit, ma soeur
As I playfully walked towards a dark fate –
While the faces behind me
Slowly paled in the evening of the blue forest.
Everything was grand that one night, ma soeur
Never thereafter and never before –
I admit it: I was left with nothing but the big birds
And their hungry cries in the dark evening sky.
What has happened ?
What Has Happened?
By Bertolt Brecht
The industrialist is having his aeroplane serviced.
The priest is wondering what he said in his sermon eight weeks ago
about tithes.
The generals are putting on civvies and looking like bank clerks.
Public officials are getting friendly.
The policeman points out the way to the man in the cloth cap.
The landlord comes to see whether the water supply is working.
The journalists write the word People with capital letters.
The singers sing at the opera for nothing.
Ships’ captains check the food in the crew’s galley,
Car owners get in beside their chauffeurs.
Doctors sue the insurance companies.
Scholars show their discoveries and hide their decorations.
Farmers deliver potatoes to the barracks.
The revolution has won its first battle:
That’s what has happened.
सगरमाथाको नृत्यमग्न आत्मा
नेपाल प्रज्ञा प्रतिष्ठानको परियोजनाअन्तर्गत नेपाली कला साहित्य प्रतिष्ठानद्वारा प्रकाशित ‘सगरमाथाको नृत्यमग्न आत्मा’ नेपाली कविताको महत्वपूर्ण ग्रन्थ हो । मोमिलाद्वारा सम्पादित यस ग्रन्थले नेपाली आधुनिक कविताको सार्थक झलक दिन्छ । कति अर्थमा यो नेपाली कविताको दुर्लभ ग्रन्थ पनि हो ।
आधुनिक कविता केलाई मान्ने  यसमा विवाद हुनसक्छ । कतिले लेखनाथ पौडेल त कतिले देवकोटालाई नेपाली आधुनिक कविताको प्रस्थान विन्दू मानेका छन् । मोमिलाले भने नेपाली गद्यकविताका सफल प्रयोक्ता गोपालप्रसाद रिमाललाई मानेकी छन् । यो मान्यता तर्कशील पनि छ । रिमाल नै त्यस्ता कवि हुन् जसले परम्परागत सम्पूर्ण पर्खाल भत्काएर गद्यमा पनि कविताका उत्ताल तरंग दिन सकिन्छ भन्ने सावित गरेका थिए । हुन पनि आजसम्म चेतनाका हिसाबले उनका कवितालाई छुनसक्ने कविता नेपाली भाषामा शायदै लेखिएका छन् । कवितामा क्रान्तिचेत र सुन्दर भाषा रिमालका कविताका खास चिनारी हुन् । उनका उच्च क्रान्तिचेतयुक्त दुई कविता ‘प्रति’ र ‘आमाको सपना’ यसमा समेटिएका छन् ।
ग्रन्थलाई स्रष्टा र सृष्टि प्रतिनिधि आधुनिक नेपाली कविता भनिए पनि यसमा कविताका अन्य रुप गीत गजल मुक्तक हाइकु पद्यकविता समेटिएका छैनन् । यसो हुनुमा आधुनिक कविता भन्नु गद्यकविता हो भन्ने तर्कले काम गरेको देखिन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाका पद्यकविताका दर्जनौ किताब छन् । तर उनको एउटै गद्यकविता ‘पागल’को वजन कैयन् पद्यकविताको भन्दा बढी हुन्छ । पुस्तकमा उनको यही कविता समेटिएको छ । बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ, विजय मल्ल, मोहन कोइराला, भूपि शेरचन, ईश्वरवल्लभ, मदन रेग्मी, वैरागी काइँला, बासु शशी, पारिजातदेखि विमल निभा, मीनबहादुर विष्ट, श्यामल, गोविन्द वर्तमान, विप्लव ढकाल, राजेश्वर कार्की, मोमिला, श्रवण मुकारुङसम्मका कविता छन् । सम्पादकका अनुसार रिमालदेखि २०२५ सालसम्म जन्मेका र चालीसको दसकसम्म स्थापित भइसकेका स्वदेशी र प्रवासी एक सय ३५ कविका कविता यसमा छन् ।
सम्पादक मोमिलाले कति अर्थमा यसमा जोखिम पनि उठाएकी छन् । प्रतिनिधि कविता सामान्यतया कविका अन्य कविताभन्दा चर्चित हुन्छन् । यस मान्यतालाई उनले चुनौती दिएकी छन् । उनको मान्यता चर्चाभन्दा गुणका आधारमा प्रतिनिधि कविताको मापन हुन्छ भन्ने देखिन्छ । वैरागी काइँलाको सबैभन्दा चर्चित कविता ुमातेको मान्छेको भाषण मध्यरातको सडकमाु हो । तर सम्पादकले काइँलाका ुपर्वतु र ‘चिया पिइसकेर उसको घरबाट हिँड्ने बेलामा’ समेटेकी छन् । बासु शशीको ‘बीसौँ शताब्दीको गीत’, मोहन कोइरालाको ‘फसर्ीको जरा’, ईश्वरवल्लभको मेरी आमाले आत्महत्या गरेको देश, मीनबहादुर विष्टको साला पहाड मे क्या है, कुन्ता शर्माको पोथी बास्नु हुँदैन, कृष्णभूषण बलको काठमाडौँ एक्लैले अब काठमाडौँ बोक्न सक्दैन, भूपि शेरचनको ‘हामी’जस्ता सबैभन्दा चर्चित कविताका साटो अन्य कविता समेटिएका छन् । सम्पादकको ध्येय यी कविलाई चर्चित कवितामा मात्र सीमित नगरी तिनका महत्वपूर्ण अन्य कविताप्रति पनि पाठकको ध्यानाकर्षण गराउनु देखिन्छ । विजय मल्लको छोरीलाई मानचित्र पढाउँदा, अविनाश श्रेष्ठको हातमा कालो फूल लिएर उभिएकी नायिकालाई, पारिजातको लाहुरेलाई रोगी प्र्रेमिकाको पत्र ,श्रवण मुकारुङको पुरानो मानिस, विमल निभाको जुम्ला, श्यामलको दसनीको लेहंगाजस्ता चर्चित कविता भने यसमा परेका छन् । मूलरुपमा नेपालभाषामा लेख्ने दुई कवि पूर्णविराम र प्रतिसरा सायमीका कवितामा पनि यसमा समेटिएका छन् जसले संग्रहलाई समावेशी बनाउने प्रयास गरेको छनक दिन्छ । तर अन्य भाषाका कवि यसमा परेका छैनन् । कविताका नाममा मालपोत अड्डामा बुझाइने निवेदन स्तरका कखरा लेख्ने कविहरुले आफूलाई प्रतिनिधि कवि घोषित गर्दै स्टन्टवाजी र गुटवादी प्रचारप्रसार गरिररहेका बेला मोमिलाले यस प्रवृत्तिलाई कडा चुनौती दिएकी छन् । प्रतिनिधित्वमै केही प्रश्न उठ्नसक्ला तर उनले सकेसम्म कसैलाई अन्याय हुन नदिने प्रयास गरेकी छन् ।
कविको प्रतिनिधित्वका लागि मात्र नभई यो किताब ती कविका सामान्य विवरण कविता र आफैँप्रति कविका धारणा र सम्पादकको टिप्पणीका कारण पनि महत्वपूर्ण छ । यसमा डा। लक्ष्मणप्रसाद गौतमको आधुनिकता र आधुनिक नेपाली कविता शीर्षकको महत्वपूर्ण लेख समेटिएको छ जसमा विश्वको आधुनिक कवितादेखि नेपाली कविताको इतिहास र वर्तमानबारे सूक्ष्म वर्णन छ ।
साहित्य र संघर्ष मोमिलाका अभिन्न अंग हुन् । यस्तो लाग्छ यीबिना उनको आयतन अपूर्ण हुन्छ । कविता र निबन्ध उनको सिर्जनाका प्रमुख विधा हुन् । समालोचना सम्पादन र साहित्यिक सकि्रयता उनका अतिरिक्त समर्पण हुन् । खासमा साहित्य उनको जीवनकै अर्को नाम हो । उनी पुगेका हरेक ठाउँबाट साहित्यको सेवामा उल्लेख्य कामहरु भएका छन् । नोबेल एकेडेमीबाट उनले साहित्यिक वार्षिकी ‘नोबेल’ सम्पादन गरिन् भने अर्को शैक्षिक संस्थाबाट ‘कलाश्री’ । दुवै पत्रिका नेपाली साहित्यका अब्बल प्रकाशन मानिएका छन् । दुवैले विशिष्ट साहित्यकारलाई सम्मान तथा पुरस्कार पनि दिएका छन् । हाल उनी नेपाली कला साहित्य प्रतिष्ठानमार्फत साहित्यका फाँटमा उल्लेख्य गतिविधि गरिरहेकी छन् । ‘सगरमाथाको नृत्यमग्न आत्मा’ यिनै गतिविधिको सफल परिणाम हो । यसको अंग्रेजी संस्करणको तयारी भइरहेको छ भने चाँडै नै यसको दोस्रो भाग पनि आउँदैछ जसमा नयाँ पुस्ताका प्रतिनिधि कविका कविता समेटिने छन् ।
हिरो बाई मिस्टेक
BY CHANKY SHRESTHA
पाठ्यक्रममा कुनै समय एउटा निबन्ध पढ्नुपथ्र्यो- हिरो बाई मिस्टेक । बस्तीमा फैलिएको आगो निभाउन प्रमुख पात्रले कुनै काम गरेको हुँदैन संयोगले ऊ साहसिक नायक ठहर्छ । नेपालमा दुई नायक अत्यधिक चर्चामा छन् । सिनेमामा राजेश हमाल र राजनीतिमा गिरिजाप्रसाद कोइराला । संयोगले दुवैको नायकी बाई मिस्टेक हो ।
विगत दुई दशकदेखि नेपाली सिनेमा राजेश हमालको कब्जामा छ । शिव श्रेष्ठलाई उनले चरित्रनायकको रोलमा सीमित गरिदिए । नयाँ चटपटे नायकहरु पनि उनीसामु टिक्नसक्दैनन् । तालु खुइलिए पनि उमेरले ४५ नाघे पनि छ फिट अग्ला राजेश ह्यान्डसम छन् । रजतपटद्वारा महाअभिनेताको उपाधि पाएका राजेश भनेपछि नवयुवतीहरु भुतुक्कै हुन्छन् । उनीसँग अटोग्राफ लिनेको तँछाडमछाड हुन्छ । राष्ट्रपति र प्रधानमन्त्रीको नाम थाहा नहुने नेपाली अधिकांश सिनेकर्मीको भीडमा उनी सम्भवतः सबैभन्दा शिक्षित हुन् जो अंग्रेजी फरर बोल्नसक्छन् संसारकै गतिविधिबारे जानकारी राख्छन् । टेलिभिजन एंकरिङ र उद्घोषणमा निपुण उनी अल्पभाषिताका कारण आफ्नो गम्भीर व्यक्तित्वलाई सुरक्षित राख्न पनि सफल छन् ।
एउटै समस्या उनको अभिनयकला हो जसमा उनी शून्यभन्दा पनि तल माइनस एक डिग्रीमा छन् । सिनेमामा उनी हिन्दी सिनेमाका तेस्रो दर्जाको प्रतिशोधी पुरुषबाहेक समकालीन जीवनको कुनै झलक दिन सक्दैनन् । दुई सयभन्दा बढी उनका सिनेमामा मुस्किलले दुई वा तीनमात्र सफल छन् । तथापि पूरै सिनेमालाई डुबाएर पनि उनी हिट छन् । निर्मार्ता-निर्देशक उनलाई आफ्ना सिनेमामा अनुबन्धित गर्न पाउँदा धन्य हुन्छन् ।
सिनेमा राजेशको कब्जामा भएजस्तै विगत दुई दसकदेखि नेपाली राजनीति गिरिजाप्रसाद कोइरालाको कब्जामा छ । ८६ वर्ष पुगिसक्दा पनि प्रजातन्त्रका लागि उनी अविराम ुलडिरहेकाु छन् । राजाको प्रत्यक्ष शासनप्रति उनको विग्रह अविराम रह्यो । यो बेग्लै कुरा हो एकताक उनी तुल्सी गिरीजस्तै झण्डै पाच बनेका थिए । ०४६ सालको आन्दोलनमा उनको भूमिका प्रशंसनीय थियो । प्रजातान्त्रिक भनिएकाहरुले नै तत्कालीन राजा ज्ञानेन्द्रको ०५९ असोज १८ कदमको जयजयकार गरिरहँदा त्यसविरुद्ध उनले आन्दोलनको अविराम नेतृत्व गरिरहे । गलहत्याइएका शेरबहादुर देउवा प्रधानमन्त्रीमा पुनःस्थापित भए जसलाई प्रतिगमन आधा सच्चिएको ठानेर एमाले शासनको आसनमा विराजमान भयो । कोइराला अलिकति पनि विचलित भएनन् । अन्ततः उनले संसद पुनःबहाली लोकतन्त्र पुनःस्थापना
सत्ताको मैदानमा
BY CHANKY SHRESTHA
माधव नेपालको ‘संघर्षको मैदान’ सकियो र ‘सत्ताको मैदान’ सुरु भयो ।
रुक्मांगद कटवाल प्रकरणबाट संवैधानिक राष्ट्रप्रमुखले मैदान’ सकियो र ‘सत्ताको मैदान’ सुरु भयो ।
रुक्मांगद कटवाल प्रकरणबाट संवैधानिक राष्ट्रप्रमुखले मन्त्रिपषिद्को निर्णय आफ्नै ुविवेकुअनुसार नमाने पनि हुन्छ भन्ने नजिर कायम भएको छ । त्यसमा कांग्रेसलगायत दक्षिणपन्थी दल र ुव्यावसायिक बुद्धिजीवीहरुले ल्याप्चे लगाइदिएका छन् । सामान्य राजनीतिक चेतना हुनेलाई पनि थाहा छ सरकारले संवैधानिक राष्ट्र प्रमुखको मृत्युप्रस्तावको सिफारिस गरे पनि उनी त्यसमा सही गर्न बाध्य हुनेछन् । तर यहाँ लोकतन्त्रलाई नै कांग्रेसलगायत दक्षिणपन्थी दलको सापेक्ष बनाइएको छ । एमालेकै उत्तोलनमा आएको दोहोरो सत्ताको स्थिति उसैका लागि घाँडो हुनेछ ।
नयाँ प्रगतिशील र न्यायमूलक संविधान लेख्नु संविधानसभाको सबैभन्दा महत्वपूर्ण काम हो जसको नेतृत्व सरकारले गर्नुपर्ने हुन्छ । त्यसका लागि राज्य पुनःसंरचनाको खाका अझै तयार भएको छैन । शान्ति प्रकि्रया पूरा गर्नु अर्को महत्वपूर्ण काम हो । माओवादी र तत्कालीन सात दलबीच भएको विस्तृत शान्ति सम्झौताअनुसार सुरक्षा निकायमा माओवादी जनसेनाको समायोजन हुनुपर्छ । तर सेनाको वर्तमान नेतृत्व यो काम हुन दिने पक्षमा छैन । शान्ति सम्झौताविपरीत कांगे्रस नेतृत्व र अन्य दक्षिणपन्थी दल पनि यसको विपक्षमा सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् । कटवाल प्रकरणबाट सेनालाई आदेश दिने र नमानेमा उसलाई कारबाही गर्ने स्थिति पनि अब देखिन्न । त्यसका लागि कांग्रेस एमालेलगायत दलले नैतिक हक र आत्मबल गुमाइसकेका छन् ।
सैनिक नेतृत्व खुलमखुला विस्तृत शान्ति सम्झौतालाई चुनौती दिइरहेको छ । यो राजनीतिक सहमतिमात्र हो सेनाले त्यसलाई मान्नुपर्ने बाध्यकारी स्थिति छैन भनिरहेछ । माओवादी जनसेना अत्यन्तै दयनीय स्थितिमा धैर्यपूर्वक क्यान्टोनमेन्टमा बसिरहेका छन् । समायोजन कार्य जति ढिला भयो त्यति नै तिनको धैर्य टुट्दै जान्छ । तिनीहरु हातहतियारसाथ बाहिर निस्के भने देशको शान्ति-सुव्यवस्थाको हालत के हुन्छ त्यसले देशलाई फेरि गृहयुद्धमा धकेल्यो भने त्यसको जिम्मेवारी राष्ट्रपति उनका उत्तोलक कांग्रेस एमालेलगायत १८ दल र राष्ट्रपतिको कदमलाई जयजयकार गर्ने व्यावसायिक बुद्धिजीवीले लिनुपर्छ कि पर्दैन ?
माधव नेपालका तत्कालीन चुनौती त सरकारलाई पूर्ण आकार दिनु नै हुनेछ । कांग्रेस फोरम तमलोपासँगै टोल-टोलका क्लबस्तरका पार्टीले उनलाई त्यसै समर्थन दिएका होइनन् । तिनीहरु सबलाई खुसी पार्ने हो भने उनको मन्त्रीमण्डलको आकार ०५६ सालपछि देउवाको मन्त्रीमण्डलभन्दा पनि जम्बो हुनेछ । यी दलको हैसियतको आभासमात्र दिलाउन खोज्दा पनि उनको सरकारमा दश रेक्टर स्केलको भूकम्प जाने खतरा छ । ३ सय ५८ मत पाएका माधवलाई साना केही दलले सरकार निर्माणकै क्रममा समर्थन फिर्ता लिने सम्भावना छ । तीमध्ये फोरमले मात्र समर्थन फिर्ता लिइदियो भने ढोडको बैशाखी टेकेको सरकार गर्लामगुर्लुम ढल्नेछ ।
प्रष्ट छ माधव नेपाल सरकारको साचो मदेसी दलहरुसँग छ जसको माग एक मदेस एक प्रदेश हो । यो माग पूरा गर्ने हो भने सरकारमा सहभागी पार्टीबीच नै बितण्डा हुनेछ । महाकाली सन्धिमा जस्तै एमाले पार्टी फुट्ने स्थिति आउनसक्छ । माग पूरा नभए पनि सरकारमा बस्न चाहे मदेसी दलहरु फुट्नेछन् र सरकारको आयुमा प्रश्नचिह्न लागिरहनेछ । यसको असर संविधान निर्माणमा पर्छ जसले संविधानसभा नै विफल बनाइदिने खतरा हुन्छ । त्यसो भयो भने त्यसको मुख्य दोष सरकार प्रमुख माधव नेपाल र उनको पार्टी एमालेको थाप्लामा पर्नेछ ।
कांग्रेसको समस्या उसको पराजित मनोविज्ञान हो । ऊ ऐतिहासिक संविधानसभामा वामपन्थीले पाएको ६२ प्रतिशत मतबाट रन्थनिएको छ । त्यसको निदान उसले वामपन्थी दलको ह्रासमा देखेको छ । यसकारण ऊ माधव नेपाललाई ढाल बनाएर भीष्मलाई जस्तै वामपन्थीलाई मृत्युशैयामा पुर्याउन चाहन्छ । गठबन्धनले माओवादी-एमाले सम्बन्ध बिग्रेको छ । आगामी दिनमा यो अझै शत्रुतापूर्ण हुनेछ । एमालेले कुनै प्रगतिशील क्रान्तिकारी काम गर्न लाग्यो भने पनि कांगे्रसले बैशाखी झिकेर उनलाई लडाइदिने पक्का छ । ०५२ सालमा अल्पमतको सरकार कांग्रेसले त्यसै ढालिदिएको होइन ।माधव नेपालको प्रशंसा त्यतिखेर खुबै भयो जब उनले संविधानसभामा पार्टी र आफ्नो हारको नैतिक जिम्मेवारी लिँदै महासचिव पदबाट राजीनामा गरे । मनोनयनबाट पनि आउन अस्वीकार गर्नु उनको अर्को प्लस प्वाइन्ट थियो । त्यतिखेर उनको नैतिकता डगमगायो जब उनलाई प्रथम राष्ट्रपति बन्न लोभ देखाइयो । संवैधानिक समितिको अध्यक्ष बन्न माओवादीले राखेको प्रस्ताव स्वीकार्दै आफ्नै अडानविपरीत उनी सुशीलचन्द्र अमात्यलाई राजीनामा गराएर सभासद बने । अध्यक्ष कार्यकारी हुने भएपछि पार्टीमै सर्वसम्मत अध्यक्ष बन्न खोजे । त्यसमा असफल भएपछि एक समयका कडा प्रतिद्वन्द्वी केपी ओलीको क्याम्पमा पुगे । कांग्रेसले प्रधानमन्त्री बन्न प्रस्ताव राखेपछि दायावाया नहेरी सिठी नै नबजी लिगलिगे दौडमा सामेल भए र दौड जित्न सफल भए । देखिन त उनी राजनीतिका कुशल खेलाडी देखिए तर उनको हालत त्यो बहुचर्चित अभिनेताको जस्तो भइदियो जसको अभिनयबाहेक सबै कुरा राम्रो हुन्छ ।
ओशोका अनुसार डार्विन न्यूटन बन्नुपर्ने भारतीय युवकका दिमाग चौबीसै घण्टा युवतीका स्कर्टवरिपरि घुमिरहेको हुन्छ । यसकारण तिनीहरु असफल छन् । तिनकै शैलीमा सत्ताको स्कर्टवरिपरि घुमिरहेका दलको बैशाखी टेकेर माधव नेपालले गर्नसक्ने र गर्नैपर्ने काम संविधान निर्माण र शान्तिप्रकि्रया पूरा गर्न माओवादीलाई पनि सहमतिमा ल्याउनु हो । माओवादीका आफ्नै समस्या छन् । नेताका पेलाह मिजास र कार्यकर्ताको अराजकता माओवादीका निको नभएका दुई घाउ हुन् । तथापि ऊबिना न संविधान बन्नसक्छ न शान्तिप्रकि्रया पूरा हुन्छ । राष्ट्रिय सहमतिको सरकार बन्ने शर्तमा सरकारको नेतृत्व त्याग्न पनि तयार हुनुमै माधव नेपालको योग्यताको वास्तविक परीक्षा हुनेछ । अन्यथा दक्षिणपन्थी दलका निमित्त नायक प्रधानमन्त्रीका रुपमा इतिहासमा नाम दर्ता गर्नुबाहेक सुनाम उनको भागमा केही पर्नेछैन .
निर्वाण
चंकी श्रेष्ठ ‘अभय’
विगत पाँच वर्षदेखि म त्यो केटीको खोजीमा थिएँ । मेरी पूर्व प्रेमिका…॥ । नढाँटी भन्छु म त्यसको हत्या गर्न चाहन्थेँँ ।
मेरो जीवन त्यस्तो विलखबन्द यात्रा थियो जसको वरिपरि केवल भीर थियो र प्रतिगमनको म जन्मजात शत्रु थिएँ । म बारम्बार एउटै कुराले उत्पीडित थिएँ र त्यो मेरो जन्मसँगै अभिन्नरुपमा टाँसिएर आएको जातीय पीडा थियो । गरिवी त त्यसको अभिन्न अंग छँदै थियो । त्यसले मानौ व्यक्तित्व नै धारण गरेर मसँग दुश्मनी गरिरहेको थियॊ । प्रेममा विश्वासमा यात्रामा मनोविज्ञानमा र जीवनका हरेक पाइलामा चुनौती दिइरहेको थियो र मलाई पराजित पनि गरिरहेको थियो ।
मेरा साथीहरु त प्रशस्त हुन्थे तर तिनको भीडमा म नितान्त एक्लो हुन्थेँ । त्यसैको फाइदा उठाएर त्यो डिप्रेसनकै पाजा फिँजाएर मेरो घाँटी निमोठिरहेको हुन्थ्यो ।
मलाई दिमागभित्रबाट बारम्बार कसैले आत्मघातका लागि उक्साइरहेझैँ लाग्थ्यो । त्यो मेरो कानमा एकोहोरो घन्टी बजाइरहेको हुन्थ्यो मानौ म आफैँसँग भनिरहेको हुन्थेँ मेरो जीवन हारेको जीवन हो । त्यसपछि मेरो किलकिले थिच्दै त्यो भन्थ्यो तँ मेरो युद्धबन्दी होस् यस कारण म तँलाई मनलागी यातना दिन्छु ।
म त्योसँग विद्रोह गरिरहेको हुन्थेँ र बारम्बार त्यसको बन्धनबाट मुक्त हुन छट्पटाइरहेको हुन्थेँ । अन्त्यमा त्यो मेरो छातीमा एसएलआर तेस्र्याउँथ्यो र मारिदिने धम्की दिन्थ्यो । पछि थाहा हुन्थ्यो त्यो त मेरो चिरप्रतिद्वन्द्वी उही जात नै हुन्थ्यो ।
डाक्टर देखाउने हैसियत हुँदो हो त आधुनिक चिकित्सा विज्ञानले मलाई सिजोप्रुेनिक वा यस्तै केही भनिदिनसक्थ्यो । हिमवत् खण्डको हाम्रो महान् समाजशास्त्रले बनाएको सिजोप्रुेनिक ! यो एउटा नामी हास्यको विषय हुनसक्थ्यो । गरिवी मलाई पुस्तेनी सम्पतिका रुपमा प्राप्त थियो र बेरोजगारी त मेरो आफ्नै जातिगत सम्पति छँदै थियो । हाम्रो देशमा लोकतन्त्र आए पनि ढोकतन्त्रप्रेमीहरुको जुन प्रशासन थियो त्यसले मलाई जीवनभरि नै बेरोजगार राख्ने खतरा सत प्रतिसत बढेर गएको थियो । त्यसमाथि देशले जातीय असमानताको नाका भत्काइदिए पनि समाजले यसलाई अक्षय पैतृक पुँजीका रुपमा सुरक्षित राखेको थियो । जातकै कारण म झण्डै एक दलित युवकको नियति भोगिरहेको थिएँ । हो जातीय पीडाकै कारण सम्भवतः म संसारकै सबैभन्दा दुःखी युवक थिएँ र त्यो दुःखी युवक डाक्टर देखाउने हैसियतमा थिएन ।
मेरी प्रेमिका हाम्रो समाजमा उँचो जातकी थिई र प्रचलित समाजशास्त्रलाई चुनौती दिँदै मसँग प्रेम गरिरहेकी थिई । राम्री र मायालु त भन्नै पर्दैन किनभने ती प्रेमीका आँखा थिए । ऊ सिनेमाकी कुनै नायिकाजस्तै सानदार र आकर्षक व्यक्तित्वयुक्त थिई र प्रेमको मामलामा केही आक्रामक पनि । स्पष्ट थियो मजस्तो सुदामा टाइपको प्रेमीबाट ढुक्क थिई र त्यहाँ खलनायकको सिनेम्याटिक कुनै रोल हुनसक्दैनथ्यो ।
यस्तैमा त्यो दुर्घटना भएको थियो । के भएको थियो  सहरको नामूद गुण्डाले प्रेमिकालाई बलात्कार गरेको खबर सहरभरि फैलियो । के मेरो सपना विपनाकै पूर्वाभास थियो
मलाई आफू उभिएको जमिन भासिएको अनुभूति भयो । म अर्को भीषण उत्पीडनको तलाउमा खसेको थिएँ । गरिवीको उत्पीडन अब केही थिएन । प्रतिशोधको भावनाले म कतिसम्म उम्लिएँ भने मेरो जीवनको एउटै लक्ष्य गुण्डाको हत्या गर्नु भयो । सजिलो त यो काम छँदै थिएन एक निहत्था युवकले सहरकै नामूद गुण्डाको हत्या गर्नु । शेक्स्पियरको वियोगी नायक ह्याम्लेटजस्तै आफ्नै बर्बादी निम्त्याउन अब म तयार थिएँ ।
म निकै सावधानीसाथ कम्मरमा आठ इाचको छुरी भिरेर त्यसको हत्या गर्न हिँडे । राति त्यो एक्लै हिँड्ने गल्लीमा ढुकेर बसेँ । यो कस्तो पत्याइनसक्नु दृश्य थियो  मेरी प्रेमिका हाँसीखुसी त्यसैसँग अंकमाल गरेर आइरहेकी थिई । मलाई आफ्नै आँखामाथि विश्वास भएन । के यो अर्को दुस्वप्न थियो  प्रेमिकाको बलात्कार अहिलेसम्म पनि म दुस्वप्न ठान्ने गर्छु र बारम्बार त्यो दुस्वप्नमात्र होस् भन्ने कामना गर्छु । मैले आँखा मिचेर हेरेँ अहँ त्यो सपना थिएन । आफैँलाई चिमोटेँ हकारेँ त्यो कटु विपना नै थियो ।
मेरो उद्देश्य गुण्डाको हत्या गर्नु थियो । जेसुकै होस् पहिले यसलाई सिध्याउँछु त्यसपछि मात्र छिनोफानो गर्छु । म दृढ भएँ । मौका ढुकिरहेको चितुवाजस्तै त्यसमाथि आक्रमण गरेँ । प्रेमिका आँत्तिएर मृगजस्तै उछिट्टिई । गुण्डा फेला पर् यो । दृश्य यस्तो प्रतीत हुन्थ्यो गुण्डा अब सज्जन भएको छ मचाहिँ गुण्डा भएको छु । म आक्रमण गरिरहेको थिएँ र त्योचाहिँ प्रतिरक्षामात्र गरिरहेको थियो । त्यो सहरको नामूद गुण्डा थियो र मल्लयुद्धको अनेक जुक्ति जान्दथ्यो । त्यसमाथि सारा सहरबासीलाई लुटेर शारीरिकरुपले पनि निकै तन्दुरुस्त भएको थियो । एउटै कुरा त्यसले प्रतिरक्षामात्र गर् यो नत्र त्यतिन्जेल मलाई सिध्याउन पक्कै ऊ सफल हुन्थ्यो ।
यस्तो प्रेमकथा कस्तो भनूँ मिलान कुन्देराको प्लटजस्तो प्रेमिकाका लागि म ज्यान बाजी लगाइरहेको थिएँ तर त्यो मैमाथि थुकिरहेकी थिई ।
मसँग अब कुनै शब्द थिएन । मलाई लाग्यो प्रेमिकाले मलाई मेरो निम्छरो जातकै कारण धोका दिएकी थिई र त्यो बलात्कार तिनीहरुकै मिलीमतोमा प्रायोजितरुपमा भएको थियो । मेरो प्रतिशोध एकाएक गुण्डाबाट प्रेमिकातर्फ सर् यो । प्रष्ट थियो यो मेरो जातीय अस्मितामाथि अर्को जब्बर असहिष्णु प्रहार थियो । मैले तत्काल त्यसमाथि आक्रमण गरेँ । अब गुण्डाको ठाउँमा म थिएँ र मेरो ठाउँमा गुण्डा थियो । हाम्रो भूमिका अघिल्लो दृश्यबाटै फेरिएको थियो । त्यसले मेरो पाखुरा परक्क बटारेर मर्काइदियो र प्रेमिकालाई सुरक्षा दियो । त्यसपछि प्रहरी बोलाएर मलाई पक्राइदियो । हेर्नुस् त एउटा गुण्डो उसैबाट पीडित मान्छेलाई गुण्डा सावित गर्छ र प्रहरी बोलाएर पक्राइदिन्छ । म आफूलाई त्यो संघारमा पाउन थालेँ जहाँ विडम्बनाकै सिमाना सकिन्छ तर त्यसको शृंखला कहिल्यै सकिन्नँ ।
म दुई वर्ष थुनामा परेँ । मेरो इमान्दारीको कदरस्वरुप तोकिएको समयभन्दा दुई महिनाअघि छुटेँ । तर दुनियाँलाई के थाहा मेरो जीवनको एकमात्र लक्ष्य फेरि पनि प्रेमिकाकै हत्या गर्नु थियो !
एउटा कुरा म आफ्नो जातीय पहिचानविपरीत जन्मजातै अिहंस्रक प्रवृत्तिको थिएँ । कतिसम्म भने उधुमै सताइरहेको िझंगा मार्न पनि हच्कन्थेँ । अाजानमा जब मबाट कीरा-फट्याङ्ग्रा मारिन्थे लामो समयसम्म पश्चातापले मलाई सताइरहन्थ्यो । केटाकेटीमा मैले कुखुराको एउटा चल्लो कुल्चिँदा त्यो आन्द्राभुँडी र कलेजो बाहिर निकालेर तत्काल मरेको थियो । त्यो पापबोधले पाँच दिन ज्वरोले थलिएँ । अहिलेसम्म पनि त्यसका लागि बारम्बार आफूलाई धिक्कार्छु । हेर्नुस् त यो समाज त्यही मानिसलाई हत्याराको सर्टिफिकेट दिन तम्तयार छ !
प्रेमिका कहाँ थिई के गर्थी मलाई केही थाहा थिएन । कसैले सूचना पनि दिँदैनथ्यो दुनियाँलाई थाहा थियो त्यसमाथि आक्रमणकै कारण म थुनामा परेको थिएँ । म उसलाई खोज्दैखोज्दै निकै भौतारिएँँ ।
दुर्भाग्य मेरो जीवनमा शरीरकै अभिन्न अंगजस्तो थियो । आमाले मलाई जन्म दिइन् मानौ कत्र्तव्य पूरा भयो र बितिन् । बाबु दीर्घ रोगी जो मेरो पूर्वकिशोर उमेरमै बितॆ । म दिदीको ममतामा हुर्किएँ । तिनले धेरै दुःख गरेर मलाई पढाइन् । म होनाहार भएर धेरैका लागि प्रेरणाको स्रोत बनिरहेको थिएँ । दुर्भाग्य हेर्नुस् एक दिन चोर डाँका गुण्डा वा हत्याराजस्तै थुनामा परेँ । दिदी असाध्यै दुःखी भइन् । भाइलाई ठूलो मान्छे बनाउने सपना थियो । त्यो यो अन्यायमूलक राज्यको पांग्रामुनि धूलिसात भएको थियो । अब के विकल्प बाँकी थियो दिदीको जीवनमा  एक दिन सुनँे यो अन्यायमूलक राज्यलाई धूलिसात पार्ने प्रणसहित दिदी ुजंगलु छिरिन् ।
दुर्घटना मेरो जीवनमा एकपछि अर्को क्याराभान बनेर आइरहेको थियो । चाँडै नै एक दिन अर्को दुःखद् खबर आयो शत्रुको गोली लागेर अनकण्टार घोप्टेभीरमा दिदीले वीरगति प्राप्त गरिन् । कठै दिदीको अवशेष कतै प्राप्त भएन रे ! के मेरो जीवन दुर्घटनाहरुको विश्वसंग्रहालय थियो  म पौने छ अरब मानिसको संसारमा नितान्त एक्लो भएर बाँचिरहेको थिएँ । तपाईँलाई थाहा छ यति एक्लो र अभागी त निर्जीव ढुंगा पनि हुँदैन ।
मेरो जीवनमा अब के बाँकी थियो त  अब त प्रेमिका भेटिन्छे भन्ने कुरामै लगभग निराश थिएँ । के गरुँ
र एक दिन……… त्यो दिन आयो । मैले उसलाई बीच बजारमा भेटेँ । त्यो सर्लक्क दुब्लाएकी थिई । आँखामा अभिन्न उदासी थियो । तर उत्तिकै व्यक्तित्वयुक्त राम्री र चमकदार ।
त्यसको सौन्दर्यमा मुग्ध हुनु र पूर्व सम्बन्ध सम्झेर भावुक हुनु घाटा थियो । म सधैँ कम्मरमा आठ इन्चको छुरी बोकेर हिँड्थेँ । जब भेट्छु आफ्नो लक्ष्य पूरा गर्छु । म सजग भएँ जति ढिलो गर् यो त्यति घाटा थियो । तर असनको भीडमा थिई । म त्यसलाई पछ्याउँदै हिँडिरहेको थिएँ । कहिले त्यो झुलुक्क देखिन्थी कहिले टाउकोमात्र देखिन्थ्यो । उसले नदेखोस् भनेर मानिसहरुको छेको लाग्दै हिँडिरहेको थिएँ । एकपल्ट उसलाई हातैले भेट्ने दूरीमा पुगेँ र कम्मरमा घुसारेको चक्कु स्पर्श गरेँ । झस्किएँ । यत्रा मानिसको भीडमा आक्रमण गर्ने साहस भएन । केही क्षण चुपचाप उभिइरहेँ । ऊ पर पुगिसकेकी थिई । जिन्दगीभरि म हरेक पाइलामा यसैगरी चुकिरहेको थिएँ । तत्काल हत्या गर्ने मौका गुम्दै गएकोमा मैले आफैँलाई हकारेँ ।
अब ऊ निकै कम चहलपहल भएको बाटोमा पुगी । गोविन्द गोठालेकॊ पात्रजस्तै म उसको पछिपछि त थिएँ तर किन हो दिनको प्रकाशमै हत्या गर्ने साहस भएन । मेरो हृदय र दिमागबीच बारम्बार द्वन्द्व चलिरहेको थियो । दिमाग भन्थ्यो द्विविधा नै तेरो जिन्दगीको असफलताको जरा हो अतः लक्ष्य प्राप्त गर्नु छ भने तुरुन्त आक्रमण गर । हृदय भने आनाकानी गरिरहेको थियो । मेरो चेतनशील दिमाग सधैँ भावुक हृदयसँग पराजित हुन्थ्यो । होस् म यसको हत्या एकान्तमै गर्छु हत्याको ग्ल्यामर वास्तवमा एकान्तमै प्राप्त गर्न सकिन्छ ।
ऊ गाडी चढी । ढोकानजिकै खाली सिटमा बसी । उसलाई के थाहा उसैलाई छुरी रोप्ने मौका खोज्दै एउटा युवक जो उसकै पूर्व प्रमी हो निरन्तर पछ्याइरहेको छ ! म पनि गाडी चढेँ र पछाडि गएर उभिएँ । एकै छिनमा गाडी प्याक भयो । दुवै हातमा गह्रौँ झोला बोकेकी डालिली शरीरकी एउटी युवती मेरो पिठ्यूमा आफ्ना भारी स्तन दबाएर उभिई । यस्तो स्थितिमा कुनै युवक कति रोमािाचत र उत्तेजित हुन्छ भन्ने थाहा छ । सबै थाहा छ तर म त शितांग थिएँ । ममा त्यसको कुनै प्रभाव परेन । यति थाहा छ कोटेश्वर पुगेपछि त्यो ओर्ली ।
म पछाडिको खाली सिटमा बसेँ । कुलेश्वरतिरबाट आएको टेम्पोबाट हतारहतार झरेर प्लस टु पढ्ने दुई नवयुवती खाली सिटमा मसँग टाँस्सिएर बसे । तिनका प्रुक घुँडाभन्दा कति माथि थिए भने सेता पुष्ट तिघ्रा झलझलाकार देखिन्थे । अग्लो सिटमा त्यसरी बस्दा तिनको हालत कस्तो हुन्छ तपाईँ प्रष्ट अनुमान गर्न सक्नुहुन्छ । वरिपरिका युवक सायद मप्रति इष्र्या गरिरहेका थिए । के म यो सिट तिनका लागि छाडिदिऊँ  तिनीहरुका लोभी आँखा बारम्बार नवयुवतीका शरीरका त्यही भागमा पर्थे । अन्ततः झोलाले छेकेर तिनीहरु आफ्नो सुरक्षाको असफल प्रयास गर्न थाले । यो दृश्यले पनि मलाई कुनै उत्तेजना दिएन । के म ढुंगा भइसकेको थिएँ  सायद प्रेमिकाको हत्या गर्ने उद्देश्यबाहेक मेरा सबै उत्तेजना मृत भइसकेको थिए ।
प्रेमिका बसेकी सिटको छेउ खाली भयो । एउटा भुँडे अद्भैँसे ऊसँग टाँसिएर बस्यो । प्रेमिका अलि भित्तातिर कोच्चिई । त्यो उसलाई निकै अभद्र तरिकाले लोभिएर हेर्न थाल्यो । त्यो पक्कै उसको रहरलाग्दो शरीर कागतीजस्तै निचोर्न चाहन्थ्यो जुन यो भीडमा सम्भव भएन । यस कारण उठ्दा हातमा स्तनको दबाब पर्नेगरी उसको अगाडि डण्डीमा हात तेस्र्यायो । अद्भैँसेको चर्तिकलाले पनि मलाई कुनै प्रभाव पारेन ।
झण्डै बाह्र किलोमिटरको यात्रापछि ऊ उठी र निकै संयमित तरिकाले अद्भैँसेको तेसर्िएको हातबाट आफ्ना स्तन जोगाई । दुवै हातमा गहाँै्र झोला झुण्ड्याएर ऊ दक्षिणतिर लागी । के म उसलाई सघाइदिउष  अहो मलाई यो के भएको  के ऊ अझै मेरी मायालु प्रेमिका हो र  ऊ त मेरो जीवनकै सबैभन्दा ठूलो र एकमात्र शत्रु भइसकेकी थिई ! यस्तो चालाले जीवनमा अर्को एक पल्ट फेरि म आफ्नो लक्ष्यमा असफल हुनसक्छु । मैले फेरि एक पल्ट आफैँलाई हकारेँ । ऊ गाउँतिर जाने गाडी चढी । सिटमा बसेर ऊ रातो कपाल भएकी किशोरीसँग गफ गर्न थाली । किशोरी प्लस टु पढ्ने रैथाने छात्रा भएकी अनुमान उसको युनिफर्म र कुराकानीबाट सजिलै गर्न सकिन्थ्यो । त्यो बातैपिच्छे पूरै यात्रुको ध्यानाकर्षण हुनेगरी झर्ना छङछङाएझैँ हाँस्थी । दुवै जना अन्तिम विसौनीमा ओर्लिए । केही क्षणपछि छात्रासँग छुट्टिएर ऊ पश्चिमतिर लागी । म लगातार उसको पिछा गरिरहेको थिएँ ।
प्रेमिका कोठेबारी र सानो बगैँचा भएको चिटिक्कको घरभित्र छिरी । अहा बगैँचामा गुलाब सेतो कमल गोदावरी र ड्याफोडिल ढकमक्क फुलेका थिए । पहिला ऊ फूल चुँड्नमात्र रुचाउँथी अब फूल सजाउन पनि जानिछ । के साँच्चै अब ऊ परिपक्व भएकी थिई  ऊ भुइँतलाको दक्षिणपट्टि कोठाको झ्याल खुलै राखेर कपडा फेर्न थाली । उसले मलाई देखी । मेरो सास टक्क रोकिएलाझैँ भयो । के उसले मलाई चिनी  सायद चिनिनँ । पक्कै उसले मलाई एउटी युवतीले कपडा फेरेको हेरेर आनन्द लिने गुण्डो आवारा सम्झेकी हुनुपर्छ । त्यसैले झ्यालको खापा अलि घर्काई । म पाइलैपिच्छे मौका गुमाइरहेको थिएँ । अब के गर्ने  म निकै बेर अलमलिएँ । दिउँसो मेरो योजना असफल पनि हुनसक्थ्यो । आक्रमणअघि नै उसले मलाई देखी भने पक्कै चिच्चाउनेछे । त्यसपछि गाउँलेहरुले मलाई बाँकी राख्लान्  म फेरि थुनिनेछु अनि लक्ष्य पूरा गर्न नसकेको मानसिक तनावले चाँडै नै मर्नेछु ।
सोचेँ मध्यराति ढुक्कले यसको हत्या गर्छु । नजिकै चौतारोमा चुनावी आमसभा भइरहेको थियो । संसारमा गरिबको राज्य छैन भन्छन् तर पनि यो देशमा ल्याउने हाम्लाई मन छ जीवन शर्माको गीत माइकमा बजिरहेको थियो र स्वरमा स्वर मिलाउँदै नेता-कार्यकर्ता नाचिरहेका थिए । यो देशमा सर्वहाराको राज्य स्थापना कसरी हुनसक्छ  गीत र नाच सकिएपछि हँसिया-हथौडा अंकित रातो क्याप लगाएको नेता व्याख्या गर्नथाल्यो । त्यहाँ सबैलाई गाँस बास कपासको व्यवस्था हुन्छ । कोही ठूला हुने छैनन् कोही साना हुने छैनन् सब बराबर । उसको बातैपिच्छे हँसिया-हथौडा अंकित झण्डा बोकेका कार्यकर्ताहरु ताली पिट्थे । ताली बजुन्जेल नेता चुप लाग्थ्यो र फेरि आँैला ठड्याई-ठड्याई उर्लिएको खहरेजस्तै स्वरमा भाषण दिन थाल्थ्यो ।
म त्यहाँ धेरै बेर टिक्न सकिनँ । मेरो मन कतै पनि स्थिर रहन सक्दैनथ्यो । म दिनभरि नजिकैकै जंगल र खोलाकिनारमा भौतारिएँ । गोठाला केटाकेटी मलाई देखेर अचम्म मानिरहेका थिए । घाँस र पत्करको भारी बोकेर घर फर्कन लागेका युवतीहरु मलाई देखेर झसंग हुन्थे । के मेरो रुपरङ त्यति डरलाग्दो भइसकेको थियो  के मेरो बेहाल रुपकै कारण प्रेमिकाले मलाई नचिनेकी हो  वास्तवमा मैले ऐना नहेरेकै जुग भइसकेको थियो । माथि सल्ला सुसाएको र तल रुखका हाँगा भाँचिएलाझैँ गरी हुरी चलेको वातावरणबीच म निकै अबेरसम्म जंगलमा भौतारिइरहेँ ।
राति ११ बजे गाउँ सुनसान थियो । म उसको घरपरिसरको पर्खाल नाघेर भित्र छिरेँ । दक्षिणतिरको झ्याल अझै खुला थियो । कोठामा मधुरो बत्ती बलिरहेको थियो । झ्यालसँगै जोडिएको खाटमा सफा तन्ना ओछ्याइएको र सिरक गोलो पारेर सिरानमाथि राखिएको थियो । भित्र बच्चा रोइरहेको सुनिन्थ्यो ।
म एकछिन उदास भएर भित्रतिर हेर्न थालेँ । प्रेमिका वा गुण्डा कतै देखिएनन् । हातमा टर्च थियो जसको आवश्यकता अहिले थिएन । कम्मरमा भिरेको छुरी निकालेँ ।
प्रेमिका देखापरी । मेरो सास फेरि टक्क अडिएझैँ भयो । त्यसको पिठ्युमा एउटा बालक रोइरहेको थियो सायद ज्वरोग्रस्त थियो र काखमा सानो बच्चा दूध चुसिरहेको थियो । ऊ ती दुवैलाई झुलाएर फकाइरहेकी थिई । कति मायालाग्दा बालकहरु थिए ! म त टोलाएर एकोहोरो हेरेको हेर् यै भएँ । हरे एकाएक यो मलाई के भयो  मेरा आँखाबाट बरर्र आँसु झरे । भक्कानै फुट्लाजस्तो भयो । मलाई आफ्नै बाल्यकाल प्रत्यक्ष भएझैँ लाग्यो । दिदी मलाई हरदम यसैगरी बोकेर हिँड्थिन् । मेरै लागि तिनले कतिकति दुःख झेलिन् । खासमा ती मेरी आमाभन्दा कैयन् गुणा बढी आमा थिइन् । मायाकी प्रतिमूर्ति ती दिदीलाई कहाँ भेट्नु मैले अब
धक्का मुटुमै यसरी पर् यो म त थरहरी हुनथालेँ कतै मेरो इहलीला यहीँ नसकियोस् ।
मेरो हातबाट छुरी खस्यो र छिनमै म शितांग भएँ । त्यो दृश्यमा हरेक नारीलाई म त ममताकी प्रतिमूर्ति देख्न थालेँ । त्यसैका लागि दानवीर शत्रुले जस्तै मैले त्यसलाई ज्यान माफी दिएँ ।
प्रेम सेवा बलिदान पुण्य निरर्थक कृतज्ञता सायद मेरो निम्छरो जातित्वमै थियो । सायद त्यसैले मैले आफ्नो चिर योजना विगतका असफल सपनासँगै छाडिदिएँ । म भन्न सक्दिनँ तर प्रतिदानरहित प्रेम सायद मेरो रगतमै थियो…॥र सायद म अझै त्यसलाई एक अदृश्य प्रेमीले जस्तै प्रेम गर्थेँ ।
म त्यहाँबाट बाढीजस्तै निस्किएँ र अँध्यारो चिर्दै्र हिँडेँ । मभित्र अब कुनै आक्रोश थिएन । आक्रोश रित्तिएपछि मान्छे प्रतिकूल वातावरणबाट पीडित हुन्छ । म दुई दिनदेखि भोको थिएँ । त्यसमाथि तिर्खा थकाइ र जाडोले घेरा हालेर आक्रमण गरिरहेका थिए । पन्ध्र प्रतिशत ढल्न बाँकी रुखजस्तै ढल्ने समय टारेर म छिटोछिटो हिँडिरहेको थिएँ । चिसो बतास र खोलाको सुसेली अनि टाढाबाट आइरहेको कुकुरको एकोहोरो भुकाइले वातावरण टिठलाग्दो थियो ।
दाहिने खुट्टा कतै जोडले ठेसियो र मेरो मुख एउटा ढुंगामा जोडले ठोक्कियो । निधारबाट नाकको डाँडी हुँदै मनतातो रगत छातीतिर ओर्लियो । …………… ……………………। ……………………॥ प्रेमिकासामु किन हो म कृतज्ञ भएर उभिएको थिएँ । प्रेमिका उदास नजरले मलाई हेरिरहेकी थिई । पश्चातापले उसको हृदय उत्तीसको गिण्डोजस्तै चिरिएर दुई फ्याक भएको थियो । त्यसलाई मैले जतनसाथ फर्काएँ । मभित्र अब जीवनको सुन्दर संगीत झंकृत भइरहेको थियो । पूर्वतिरको क्षितिज हल्का रातो हुँदै गएको थियो । मधुरो रंगीन उज्यालोबाट प्रकट भएर दार्शनिक सुकरात मसँग हात मिलाउन यतै आइरहेका थिए । अहो प्यारा सुकरात यो दर्शनको अपेक्षा मैले सपनामा पनि गर्न पाएको थिइनँ । उनलाई स्वागत गर्न मुस्कुराउँदै मैले दुवै हात फैलाएँ ।