मार्टिन चौतारीमा त्यो क्षण

माघ ३ गते मंगलबार मार्टिन चौतारीले आयोजना गरेको मेरो कथासंग्रह ‘तेस्रो किनारा’माथि छलफलमा अधिकांश विद्यार्थी पुस्ता थिए । म त कुस्तुर थिएँ कार्यक्रम सुनसान हुन्छ भनेर । मैले फोन गरेर निम्त्याएका अधिकांश व्यक्ति आउन पाउनुभएन । विद्यार्थी पुस्ताले चौतारीको हल ढपक्क ढाकिदिए र कथाभित्रका पटकथाका केस्राकेस्रा केलाएर मलाई र्याखर्याखती पारे । नयाँ पुस्तालाई हेप्न नसकिने रहेछ भाइ ! द्वारिका थेबे, माजरी दाहाल, सन्तोष परियारलगायत विद्यार्थीले पढ्न पटक्कै अल्छी नलाग्ने र अत्यन्त राम्रो किताब भनेर मलाई सगरमाथा पुर्याइदिए । अभिनय थापा, प्रभाकर गौतमले चाहिँ नायक आदर्शवान् , समाज खराब पनि हुन्छ र भनेर टुपी ताने । घिमिरे युवराजले पात्रहरुलाई ब्ल्याक एन्ड ह्वाइटमा मात्र किन हेर्छौ हँ भनेर कान निमोठे ।

घनश्याम खड्का, वसन्त बस्नेत, अमोघ काफ्ले, अशोक सिलवाल, keshav silwal, विकास बस्नेत, सन्तोष परियारले चाहिँ मेरो एकाहोरो प्रतिरक्षा गरिरहे । कार्यक्रमका पण्डित संगीत श्रोता र ब्रबिमकुमारले मेरा कमजोरी औँल्याए, पढ्नैपर्ने किताब भनेर पनि फुक्र्याए । दुवैले मेरो लामो कथा ‘अ.त.का सत्याग्रह’ का दुई पात्रको सहनशीलता अलि अस्वाभाविक भएको भने । ती दुई पात्र आदर्श शिक्षकको संगतमा परेर गान्धी र सुकरातकै जीवनशैली अँगाल्ने प्रण गर्छन् । त्यसैबापत राजनीति केही थाहा नभएका उनीहरु अ. त. अराष्ट्रिय तत्व कहलिन्छन् र एउटा किशोरको हत्यै हुन्छ । गान्धी र सुकरात कहाँ स्वाभाविक पात्र थिए त ? अनि उनीहरुको जीवनशैली अँगाल्न खोज्ने किशोरहरु अस्वाभाविक हुनु अनौठो कसरी हुन्छ ? आफू त हडफिल । बोल्नै सकिएन । यो जुनीमा बोलेर नखाने भइयो भाइ ! खाएरमात्र बोलिने हो कि क्या हो ? जे भए पनि कार्यक्रम मलाई प्रेरणादायी लाग्यो । प्रेमपूर्ण आलोचनाजति सुन्दर प्रतिकि्रया अरु केही हुँदैन रहेछ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s


Follow

Get every new post delivered to your Inbox.