अभय श्रेष्ठ
मास्टर नानीराम हाछेथुसँग हाम्रो शत्रुता एकाएक यसरी सकियो । त्यो दिन उनले हामी दुवैलाई साइकलको सिट र क्यारिजमा राखेर डोर् याउँदै घरनजिकको मोडसम्म ल्याएर छाडिदिए ।
त्यसपछि हाछेथु सर हाम्रा लागि पि्रय भए । हुन पनि भोजे सुकुलमा खुट्टा पसारेर बस्ने विद्यार्थीलाई दन्याएर लात हान्ने त्यस्ता सर एकाएक मायालु भएका थिए । कसरी उनमा यस्तो आकष्मिक परिवर्तन आएको थियो सबै जना अचम्मित थिए ।
एक दिन घर फर्कँदै गर्दा उनले हामीलाई सुकरात र महात्मा गान्धीका कथा सुनाए ।
पुड्का डेब्रा आँखा भएका वृद्ध सुकरात प्राचीन युनानको एथेन्स नगरमा ज्ञानगुनका कुरा गर्दै हिँड्थे र सत्यलाई सबैभन्दा ठूलो भगवान् मान्थे । चाँडै नै उनी लोकपि्रय भए । नगरभरिका युवा उनका चेला बने । शत्रु पनि महान् मान्छेकै हुन्छन् । तिनले उनलाई नगरका युवालाई भाँडेको र नास्तिक भएको अभियोग लगाएर मृत्युदण्डको माग गरी मुद्दा हाले ।
नगरराज्यका ३० वर्ष पुगेका पाँच सय एक जनाले मुद्दामा मतदान गरे । २८१ मत मृत्युदण्डको पक्षमा र २३० विपक्षमा पर् यो । मृत्युदण्डको बदला साथीबाट सापटी पाएको २९ मिनार तिर्न उनी तयार भए । फेरि मतदान भयो । एथेन्सको भीडतन्त्रले आफ्नो समयका महान् सत्यवादीलाई बचाउने अवसरको बदला फेरि पनि मृत्युदण्डकै लागि अनुमोदन गर् यो । अन्ततः उनलाई हेमलक विष खुवाएर मार्ने निर्णय गरियो । माफी मागेको भए उनको मुद्दा फिर्ता हुन्थ्यो । चेलाको सहयोगमा राज्य छाडेर उनी भाग्नै सक्थे । लाइसियस नामका एक व्यक्तिले यस्तो भाषण लेखेर दिएका थिए जुन अदालतमा पढेर सुनाएका भए माफी पनि नमागी उनी सकुशल रिहा हुन्थे । लाइसियसलाई उनले धन्यवाद दिए त्यति राम्रो भाषण लेखेर दिएकामा । तर त्यसमा उनले असत्यको गन्ध पाए र भने, ‘आफूलाई चिन म तिम्रो तरिकाबाट बाँच्नुभन्दा आफ्नो तरिकाबाट मर्नु उचित ठान्छु ।’ अरु उपाय अपनाउन पनि उनी तयार भएनन् । अन्ततः सत्तरी वर्षको वृद्ध उमेरमा सत्यको पक्षमा सुकरातले हाँसीहाँसी हेमलक विष पिएर प्राण त्यागे ।
भारतका अिहंसावादी नेता महात्मा गान्धी सुकरातका असली चेला थिए । एक पल्ट दक्षिण अपि्रुकामा गोराहरुले रेलको पहिलो दर्जामा धोबीजस्ता काला गान्धीलाई अघोर अपमान गरे । त्यसपछि विद्रोहस्वरुप उनले सधैँ तेस्रो दर्जामा यात्रा गरे । अिहंसाका महान् पुजारी गान्धी सत्यलाई नै ईश्वर मान्थे । अिहंसा र असहयोग आन्दोलन गरेरै संसारकै सबैभन्दा ठूलो साम्राज्य बेलायतबाट उनले सन् १९४७ अगस्ट १४ मा भारतलाई मुक्त गरेका थिए । तर उनी मोहमद अलि जिन्ना जवाहरलाल नेहरु सरदार बल्लभदाइ पटेलहरुको सत्तास्वार्थको सिकार भए । तिनकै कारण देश टुकि्रयो । हिन्दू-मुसलमानबीच भयंकर गृहयुद्ध चल्यो । यसविरुद्ध उनले फेरि सत्याग्रह गरे । त्यसै क्रममा सत्य र अिहंसाका यिनै महान् योगीलाई उनकै समुदायको एक व्यक्तिले सन् १९४८ जनवरी ३० मा गोली ठोकेर क्रूरतापूर्वक हत्या गरिदियो । गोली लागेपछि गान्धीको मुखबाट अन्तिम आवाज निस्केको थियो हे राम ।
‘बाबु हो सकिन्छ भने सुकरात र गान्धीजस्तै महान् बन्नुपर्छ । नभए आफ्नो मनले देखेको सत्यको पक्षमा उभिने प्रयास सधैँ गरिरहनुपर्छु हाछेथु सरले भने ।
सुकरात र गान्धीका कथा सुन्दा हाम्रा आँखाबाट थाहै नपाई आँसुका भल बगेका थिए । हामी कति दिनसम्म दिमाग र हृदयमा त्यही कथाको भारी बोकेर हिँडिरहेका थियौँ र हाँस्नै बिसर्िएका थियौँ ।
कथा सुनाएको केही दिनपछि हाछेथु सर कति दिन स्कुल आएनन् । सुनियो उनकी आमाको मृत्यु भयो । केही दिनपछि उनी सेतो लुगा लगाएर देखापरे । त्यस्तो लुगामा उनलाई देख्दा हामीलाई कस्तो रुन मन लागेको थियो !
त्यसको केही दिनपछि उनी आउनै छाडे । उनी आन्दोलनमा लागेका थिए रे । उनलाई जागिरबाट निकालिएको थियो ।
पि्रय नानीराम सर तपाईँ कहाँ हुनुहुन्छ
=====
सुकरात र गान्धीका कथा हाम्रा हृदयमा कसरी कुँदिएको थियो भने हामीले सारा खराब बानी त्याग्ने प्रण गर् यौँ । पवनले आफ्ना सारा उटुङ्ग्याह कामका लागि प्रायश्चित गर् यो । खडानन्द र उसका नातिसँग आफ्ना अपराध ओकल्यो । त्यसका लागि सजाय देऊ भन्यो । तिनीहरुले उसलाई माफी दिए । आफ्नो उटुङ्ग्याह कामका लागि माफी माग्दै हजुरआमा र बाबुआमाको काखमा लडिबुडी गरेर रोयो । मीरासँग निकै बेर पश्चाताप गरिरह्यो जसलाई विगतमा उसले निकै अपमान गरेको थियो । मीरा हाँस्न थाली । भूतकृष्ण र साथीहरुसँग पनि माफी माग्यो । धेरैजसोले उसलाई बहुलाएको ठानॆ ।
हामी बुढाबुढी केटाकेटी सबैलाई सुकरात र गान्धीको कथा सुनाएर हिँड्न थाल्यौँ । कोही झगडा गरिरहेको छ भने उनीहरुलाई पनि यही कथा सुनाएर झगडा गर्नु कति व्यर्थ छ भनी बुझाउने प्रयास गथ्र्यौँ । बुढाबुढीहरु हामीलाई हकार्थे । केटाकेटी र युवकका नजरमा हामी एक नम्बरका जोकर भएका थियौँ । उनीहरु हामीलाई हाँसोमा उडाउँथे । हामीलाई देख्नेबित्तिकै भन्थे ुआए गान्धीका नक्कली छाउराहरु ।ु चाँडै नै हामी गाउँभरि कुख्यात भयौँ ।
एक दिन गाउँ पाचायतका प्रधानपाच वडाध्यक्ष दुई जना पुलिस लिएर हाम्रो स्कुल आए । पढाइ भइरहेको कक्षाबाट उठाएर तिनले हामीलाई हेडसरको कोठामा लगे । सारा विद्यार्थी झ्याल र ढोकामा ताँती लागेर हेर्न थाले ।
ुक्या हो केटा हो तिमीहरु अ।त। भएका छौ भन्ने सुन्छु नि ु प्रधानपाचले सोधे ।
हामी अकमक्क पर् यौँ ।
ुतिमीहरु गान्धी र सुकरातको जय गाउँदै हिँड्छौ रे नि हैन ु
समर्थनमा हामीले मुन्टो हल्लायौँ ।
ुगान्धी भनेको त तिमेर्का बीपीको बाउ पर् यो क्यारे ! यो सुकरात भनेको चाहिँ को हो नि कि तिमेर्का आमाका नाठो हो ु वडाध्यक्षले अत्यन्त कडा स्वरमा बोले ।
हामी चुपचाप उभिइरह्यौँ । उनीहरु के भनिरहेका थिए को बीपी के अ।त। हामीले पटक्कै बुझेनौँ । हामीले पढेको, बीपी भनेको त ब्लडप्रेसर, गान्धी कसरी ब्लडप्रेसरका बाउ भए ? त्यही हिसाबले भन्ने हो भने त ब्लडप्रेसरको बाउ हर्टअक्याक होला । गान्धी हर्टअट्याकका बाउ हुने कुरै भएन ।
ुलौ भन त तिमारु नानीराम मास्टरको लहैलहैमा लागेर अ।त। भएका हो कि होइनौ ु प्रधानपाचले नरम स्वरमा सोधे ।
ुभन भन तिमीहरु त्यता लागेको हो सरखारले थाहा पाए तिमीहरुलाई मात्र होइन तिम्रा बाउआमाको पनि छाला काटेर नुनचुक लगाउँछु हेडसरले भने ।
मेरो आङ सिरिङ्ग भयो ।
पवन र मैले किताब टाउकामा राखेर एकसाथ भन्यौ ुहामी कतै लागेका छैनौँ सर !ु
हामीले त्यस्तो कुनै शंकास्पद गतिविधि नगरेको हेडसरले स्पष्टीकरण दिएपछि प्रधानपाच वडाध्यक्ष र पुलिसहरु हामीलाई औँला ठड्याएर गए ।
त्यसपछि हामी गाउँभरि ुगान्धीका छाउराुबाट एकाएक अ।त।sा रुपमा कुख्यात भयौँ । अझ कतिपय त हामीलाई ुअ।त। डाँकाहरु भन्थे । यस्तो भन्नेमा खासगरी वडाध्यक्ष सदस्य र तिनका छोराहरु हुन्थे । डाँका भनेको त हामी बुझ्थ्यौँ जुन हामी थिएनौँ । अब त हामीले थोरैतिना खराब बानी पनि त्यागिदिएका थियौँ । अ।त। भनेको चाहिँ हामीले पटक्कै बुझेनौँ ।
कति कुरामा गाउँलेहरु हामीलाई असल पनि ठान्न थालेका थिए । हामी पानीले भिज्न लागेको गाउँलेको बिस्कुन उठाइदिन्थ्यौँ । हराएका बालबालिका खोजेर आमाबाबुकहाँ ल्याइदिन्थ्यौँ । फुकेर भागेका गाईवस्तु समाएर ल्याइदिन्थ्यौँ । पाखाबाट काठपात ओसार्न सघाइदिन्थ्यौँ । खोलामा खेर गएको पानी कुलामा ल्याइदिन्थ्यौँ । केटीलाई देख्दा सिी बजाउने जिब्रो पड्काउने भीडमा छिरेर तिनका तिघ्रा चिमोट्ने कुहिना तेस्याएर स्तनमा ठोकाउने जस्ता पुरानो बानी छाडिदिएका थियौँ । बरु केटीहरु स्वयं हाम्रो सन्न्यासी चाला देखेर न्यासि्रएझैँ लाग्थे ।
एक दिन मीराले पवनलाई त भनिदिएकै थिई ुकिन अब त म कोही न कोही भएँ होइन ु जबाफमा पवनले ुहोइनु भन्दै विनम्रपूर्वक मुन्टो हल्लाएको थियो ।
एक पल्ट पारी पाखाधारामा नुहाएर फर्कँदै गर्दा गाम्चाका केटाहरुले रोकेर हामीलाई सोधे ुघर कहाँ हो तिमार्को ु हामीले बताइदियौँ । हाम्रो गाउँको नाम सुन्नेबित्तिकै तिनीहरुले हामीलाई लात र मुक्का हान्न थालिहाले । सायद हाम्रो गाउँका कसैसँग तिनीहरुको पुरानो रिसइबी थियो । हामीले प्रतिकार गरेनाँै केबल एक-अर्काको बचाउ गर् यौँ । पवनलाई बचाउ गर्दा तिनीहरुले मेरो हात परक्क बटारेर घोप्टो पारेर लात र घुस्सा हाने । मेरो हात भाँचियो । मेरो बचाउ गर्दा पवन नाक र मुखबाट रगत बगाएर भुइँमा मुख जातेर पछारिन पुग्यो ।
हाम्रो गाउँ र स्कुलका दौतरीबीच पवनको नाकको घाउ र मेरो भाँचिएको हात ठूलो चर्चाको विषय बन्यो । महान् रहस्य पत्ता लागेझैँ उनीहरु हामीले कुटाइ खाएको घटना स्वाद मानीमानी सुनाउँथे र खुच्चिङ भन्थे ।
साथीहरु अचम्मित हुन्थे । छलफल गरिरहेका हुन्थे ुत्यस्तरी ठटाइ खाँदा पनि तिनीहरु किन एक-अर्कालाई छेकेरमात्र बसेका होलान् हँ ु
ुह्याउ नभएपछि के गरुन् त ु
ुहोइन पक्कै यसमा केही रहस्य छ । नत्र पहिला यिनारु कम थेु र !ु
ुयिनारु सुकरात र गान्धीको धर्ममा लागेका छन् रे नि !ु
ुलाग्छन् ! चुतियाका छाउराहरु नाटक गर्छन् नि ! यी त अ।त। हुन् रे अ।त। !ु
ुके हो यो अ।त। भनेको ु
ुअराष्ट्रिय तत्व । महाराजधिराजको गाथगादी ताक्ने र बम हान्ने समूहमा लागेकालाई अ।त। भन्छन् क्या ु
ुबाफ रे बाफ क्या ड्यान्जर रचन् म्याटोक्ने गधाहरु ! यिनार्लाई त रगत छदाउँदै गाउँ निकाला गर्नुपर्ने !ु
तिनका कुरा सुनेर हामी अचम्मित हुन्थ्यौँ । नबिराउनु नडराउनु भनेर हामी यस्ता कुरामा वास्तै गर्दैनथ्यौँ । बरु अब हामी आइलाग्नेलाई पनि हात फर्काउँदैनथ्यौँ । केबल एक-अर्काको बचाउ गथ्र्यौँ । यसको प्रभाव कस्तो भयो भने एकाएक दौतरीहरु हामीलाई अत्यन्त कमजोर र हेय ठान्न थाले । पहिले हामीसँग मिल्ने साथी पनि अब हामीबाट टाढा हुन्थे र हामीलाई हेप्नेहरुसँग नजिकिन्थे ।
ड्डड्डड्डड्ड
सुकरात र गान्धीबारे नानीराम सरले बताएभन्दा बढी हामीलाई केही थाहा थिएन । यति हो आफूले ठानेको सत्यका लागि सुकरातले ज्यानै दिएका थिए । एउटा गाला कसैले चड्काए अर्को गाला थापिदिन गान्धीले आह्वान गरेका थिए । हामी यिनै कुरा पुराणमा जडभरतले जस्तै प्रयोग गरिरहेका थियौँ र अनेक दुःख झेलिरहेका थियौँ ।
गाउँको दक्षिणपूर्वी सिरानमा सुन्दर बन थियो । त्यहाँ जात-जातका काफल र गुराँस पाइन्थे । वैशाखभरि गाउँका केटाकेटी बनका रुखरुखमा चमेराझैँ झुण्डिएर हाँगा भाँच्दै काफल गुराँस टिपिरहेका हुन्थे । बनको बीचमा ठूला ढुंगा बिच्छ्याएर बनाइएको सिँढी थियो जुन माथिको महादेव मन्दिर पुगेर टुंगिन्थ्यो ।
एक दिन पवन र म वनमा गुहेलो टिपिरहेका थियौँ । सिँढीको पूर्वपट्टि अलि भिरालोमा सानो बोटमा पहेँलपुर गुहेलो फलेको थियो । गाउँमा यसलाई जुरे काफल भन्थे । पवन र म त्यही बोटमा थियौँ । पवन त्यसताक निकै चलेको एउटा लोकगीतमा सुसेली हाल्दै हाँगा ढल्काएर छिटोछिटो गुहेलो टिपिरहेको थियो । पल्लो रुखमा दुइटा जुरेली मीठो स्वरमा दोहोरी खेलिरहेका थिए । एक्कासि केटाकेटीको कल्याङमल्याङ सुनियो । ुऊ गान्धीका छाउराहरु !ु शिवहरिले भन्यो । पछिपछि रामशंकर र अरु तीन जना आइरहेका थिए ।
ुसुँगुरजस्ता डोलेका छाउराहरु हुँदाहुँदा गान्धीका चेला भए हैन त ु उसले भन्यो ।
ुनाममात्र गान्धीको लिन्छन् । यी त अ।त। हुन् अ।त। ।ु
ुसुँगुरका छाउराहरु अ।त। ु
ुअ।त।हरुले सबै काफल सिध्याएछन् !ु अर्कोले भन्यो ।
ुयो काफलको बोट यिनका बाउको बिर्ता त होइन नि ! कि हो ु अर्कोले भन्यो ।
ुखोस्नुपर्छ है ु अर्कोले प्रस्ताव राख्यो ।
ुढुंगाले हानेर खुत्रुक्कै मार्दिम् यिनेर्लाई ु
ुखसाल् अ।त। डाँकाहरुलाई त्यहाँबाट !ु
शिवहरि र हरहरि ढुंगाले हिर्काउन थाले । हामी दुवैले एक-अर्कालाई बचाउने प्रयास गर् यौँ । कति पल्ट त छल्यौँ तर हाम्रा जिउभरि सहिनसक्नु ढुंगा बसे्रका थिए । म चोट र अपमानबोधले रुन थालेँ । तल घोप्टे भीर थियो । खसियो भने एकै पल्ट महादेव खोलामा बजारिन पुगिन्थ्यो । हामी दुवै टुप्पाको हाँगामा चपक्क टाँसिएर बस्यौँ । पवन अचम्मकै प्राणी थियो । शरीरभरि ढुंगा लाग्दा पनि चुपचाप सहेर बसेको थियो ।
म झण्डै खसेको थिएँ । उसले चपक्क मेरो दाहिने हात समाएर बचायो । छेक्दाछेक्दै एउटा ढुंगा पवनको निधारमा बेस्सरी लाग्यो । उसको मुखबाट रोकेर रोकिनसक्नु पीडामिश्रित आवाज निस्कियो । धन्न रुखबाट खसेन । निधारबाट रगत र आँखाबाट आँसु एकै पटक तरर्र झर्न थाले ।
ुखुब फुर्ती गथ्र्यो म्याटोक्ने त्यसको पुर्पुरो सेकिदिएँ !ु केटाहरु हाँस्न थाले ।
संयोगवश त्यसै बेला मन्दिरबाट दुई जना ठूला मानिस ओर्लिरहेका थिए । पारी गाउँका घनश्याम र गोपी रहेछन् । केटाहरु कुलेलम ठोके । धन्न उनीहरु आएकैले हामी बाँच्न पायौँ । नत्र हामी सायद रुखबाट खस्थ्यौँ । हामी प्रतिकार गर्दैनथ्यौँ र तिनीहरु एकोहोरो हामीमाथि प्रहार गरिरहेका थिए । सायद हामी घोप्टे भीरमा खस्थ्यौँँ जहाँ हाम्रो हाडखोरसमेत खोलाले बगाएर लान्थ्यो ।
एकै छिनमा हामी समालिएर ओर्लियौँ । पवनको निधारबाट अझै रगत बगिरहेको थियो । रगत जमेर मेरा गाला र च्युँडो निला भएका थिए । जिउ चलमलाउनै नहुने गरी दुःखिरहेको थियो ।
ुके भयो ु घनश्याम र गोपीले सोधे ।
ुतिनीहरुले हामीलाई रुखबाट खसाल्न खोजे । तलबाट ढुंगा हाने ।ु
ुको थिए तिनीहरु ु
ु…………।ु
ुको थिए तिनीहरु भन्या सुन्दैनौ कि क्या हो ए केटा हो ु
ु…………………।ु
ुहोइन किन बोल्दैनौ तिमीहरु लाटा हौ कि क्या हो ु
ुअघि त बोलेका थिए होइन र भन्या ु
ु…………………।ु
ुतिमीहरु कसका छोरा रे ु
हामीले आ-आफ्ना बाका नाम बताइदियौँ ।
ुके रे त्यो अ।त। भन्ने तिमीहरु नै हौ त्यस्तो काममा कहिल्यै नलाग्नू है ु
उनीहरुले हामीलाई घर पुर् याइदिए ।
घटनाबारे बाआमाले कति सोध्दा पनि हामीले केही बताएनौ । हामीले उहाँहरुबाट पनि कुटाइ खायौँ ।