नेपाल प्रज्ञा प्रतिष्ठानको परियोजनाअन्तर्गत नेपाली कला साहित्य प्रतिष्ठानद्वारा प्रकाशित ‘सगरमाथाको नृत्यमग्न आत्मा’ नेपाली कविताको महत्वपूर्ण ग्रन्थ हो । मोमिलाद्वारा सम्पादित यस ग्रन्थले नेपाली आधुनिक कविताको सार्थक झलक दिन्छ । कति अर्थमा यो नेपाली कविताको दुर्लभ ग्रन्थ पनि हो ।
आधुनिक कविता केलाई मान्ने यसमा विवाद हुनसक्छ । कतिले लेखनाथ पौडेल त कतिले देवकोटालाई नेपाली आधुनिक कविताको प्रस्थान विन्दू मानेका छन् । मोमिलाले भने नेपाली गद्यकविताका सफल प्रयोक्ता गोपालप्रसाद रिमाललाई मानेकी छन् । यो मान्यता तर्कशील पनि छ । रिमाल नै त्यस्ता कवि हुन् जसले परम्परागत सम्पूर्ण पर्खाल भत्काएर गद्यमा पनि कविताका उत्ताल तरंग दिन सकिन्छ भन्ने सावित गरेका थिए । हुन पनि आजसम्म चेतनाका हिसाबले उनका कवितालाई छुनसक्ने कविता नेपाली भाषामा शायदै लेखिएका छन् । कवितामा क्रान्तिचेत र सुन्दर भाषा रिमालका कविताका खास चिनारी हुन् । उनका उच्च क्रान्तिचेतयुक्त दुई कविता ‘प्रति’ र ‘आमाको सपना’ यसमा समेटिएका छन् । (more…)