हिरो बाई मिस्टेक

By satyakura

BY CHANKY SHRESTHA

पाठ्यक्रममा कुनै समय एउटा निबन्ध पढ्नुपथ्र्यो- हिरो बाई मिस्टेक । बस्तीमा फैलिएको आगो निभाउन प्रमुख पात्रले कुनै काम गरेको हुँदैन संयोगले ऊ साहसिक नायक ठहर्छ । नेपालमा दुई नायक अत्यधिक चर्चामा छन् । सिनेमामा राजेश हमाल र राजनीतिमा गिरिजाप्रसाद कोइराला । संयोगले दुवैको नायकी बाई मिस्टेक हो ।

विगत दुई दशकदेखि नेपाली सिनेमा राजेश हमालको कब्जामा छ । शिव श्रेष्ठलाई उनले चरित्रनायकको रोलमा सीमित गरिदिए । नयाँ चटपटे नायकहरु पनि उनीसामु टिक्नसक्दैनन् । तालु खुइलिए पनि उमेरले ४५ नाघे पनि छ फिट अग्ला राजेश ह्यान्डसम छन् । रजतपटद्वारा महाअभिनेताको उपाधि पाएका राजेश भनेपछि नवयुवतीहरु भुतुक्कै हुन्छन् । उनीसँग अटोग्राफ लिनेको तँछाडमछाड हुन्छ । राष्ट्रपति र प्रधानमन्त्रीको नाम थाहा नहुने नेपाली अधिकांश सिनेकर्मीको भीडमा उनी सम्भवतः सबैभन्दा शिक्षित हुन् जो अंग्रेजी फरर बोल्नसक्छन् संसारकै गतिविधिबारे जानकारी राख्छन् । टेलिभिजन एंकरिङ र उद्घोषणमा निपुण उनी अल्पभाषिताका कारण आफ्नो गम्भीर व्यक्तित्वलाई सुरक्षित राख्न पनि सफल छन् ।

एउटै समस्या उनको अभिनयकला हो जसमा उनी शून्यभन्दा पनि तल माइनस एक डिग्रीमा छन् । सिनेमामा उनी हिन्दी सिनेमाका तेस्रो दर्जाको प्रतिशोधी पुरुषबाहेक समकालीन जीवनको कुनै झलक दिन सक्दैनन् । दुई सयभन्दा बढी उनका सिनेमामा मुस्किलले दुई वा तीनमात्र सफल छन् । तथापि पूरै सिनेमालाई डुबाएर पनि उनी हिट छन् । निर्मार्ता-निर्देशक उनलाई आफ्ना सिनेमामा अनुबन्धित गर्न पाउँदा धन्य हुन्छन् ।

सिनेमा राजेशको कब्जामा भएजस्तै विगत दुई दसकदेखि नेपाली राजनीति गिरिजाप्रसाद कोइरालाको कब्जामा छ । ८६ वर्ष पुगिसक्दा पनि प्रजातन्त्रका लागि उनी अविराम ुलडिरहेकाु छन् । राजाको प्रत्यक्ष शासनप्रति उनको विग्रह अविराम रह्यो । यो बेग्लै कुरा हो एकताक उनी तुल्सी गिरीजस्तै झण्डै पाच बनेका थिए । ०४६ सालको आन्दोलनमा उनको भूमिका प्रशंसनीय थियो । प्रजातान्त्रिक भनिएकाहरुले नै तत्कालीन राजा ज्ञानेन्द्रको ०५९ असोज १८ कदमको जयजयकार गरिरहँदा त्यसविरुद्ध उनले आन्दोलनको अविराम नेतृत्व गरिरहे । गलहत्याइएका शेरबहादुर देउवा प्रधानमन्त्रीमा पुनःस्थापित भए जसलाई प्रतिगमन आधा सच्चिएको ठानेर एमाले शासनको आसनमा विराजमान भयो । कोइराला अलिकति पनि विचलित भएनन् । अन्ततः उनले संसद पुनःबहाली लोकतन्त्र पुनःस्थापना

Leave a Reply