BY CHANKY SHRESTHA
माधव नेपालको ‘संघर्षको मैदान’ सकियो र ‘सत्ताको मैदान’ सुरु भयो ।
रुक्मांगद कटवाल प्रकरणबाट संवैधानिक राष्ट्रप्रमुखले मैदान’ सकियो र ‘सत्ताको मैदान’ सुरु भयो ।
रुक्मांगद कटवाल प्रकरणबाट संवैधानिक राष्ट्रप्रमुखले मन्त्रिपषिद्को निर्णय आफ्नै ुविवेकुअनुसार नमाने पनि हुन्छ भन्ने नजिर कायम भएको छ । त्यसमा कांग्रेसलगायत दक्षिणपन्थी दल र ुव्यावसायिक बुद्धिजीवीहरुले ल्याप्चे लगाइदिएका छन् । सामान्य राजनीतिक चेतना हुनेलाई पनि थाहा छ सरकारले संवैधानिक राष्ट्र प्रमुखको मृत्युप्रस्तावको सिफारिस गरे पनि उनी त्यसमा सही गर्न बाध्य हुनेछन् । तर यहाँ लोकतन्त्रलाई नै कांग्रेसलगायत दक्षिणपन्थी दलको सापेक्ष बनाइएको छ । एमालेकै उत्तोलनमा आएको दोहोरो सत्ताको स्थिति उसैका लागि घाँडो हुनेछ ।
नयाँ प्रगतिशील र न्यायमूलक संविधान लेख्नु संविधानसभाको सबैभन्दा महत्वपूर्ण काम हो जसको नेतृत्व सरकारले गर्नुपर्ने हुन्छ । त्यसका लागि राज्य पुनःसंरचनाको खाका अझै तयार भएको छैन । शान्ति प्रकि्रया पूरा गर्नु अर्को महत्वपूर्ण काम हो । माओवादी र तत्कालीन सात दलबीच भएको विस्तृत शान्ति सम्झौताअनुसार सुरक्षा निकायमा माओवादी जनसेनाको समायोजन हुनुपर्छ । तर सेनाको वर्तमान नेतृत्व यो काम हुन दिने पक्षमा छैन । शान्ति सम्झौताविपरीत कांगे्रस नेतृत्व र अन्य दक्षिणपन्थी दल पनि यसको विपक्षमा सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् । कटवाल प्रकरणबाट सेनालाई आदेश दिने र नमानेमा उसलाई कारबाही गर्ने स्थिति पनि अब देखिन्न । त्यसका लागि कांग्रेस एमालेलगायत दलले नैतिक हक र आत्मबल गुमाइसकेका छन् ।
सैनिक नेतृत्व खुलमखुला विस्तृत शान्ति सम्झौतालाई चुनौती दिइरहेको छ । यो राजनीतिक सहमतिमात्र हो सेनाले त्यसलाई मान्नुपर्ने बाध्यकारी स्थिति छैन भनिरहेछ । माओवादी जनसेना अत्यन्तै दयनीय स्थितिमा धैर्यपूर्वक क्यान्टोनमेन्टमा बसिरहेका छन् । समायोजन कार्य जति ढिला भयो त्यति नै तिनको धैर्य टुट्दै जान्छ । तिनीहरु हातहतियारसाथ बाहिर निस्के भने देशको शान्ति-सुव्यवस्थाको हालत के हुन्छ त्यसले देशलाई फेरि गृहयुद्धमा धकेल्यो भने त्यसको जिम्मेवारी राष्ट्रपति उनका उत्तोलक कांग्रेस एमालेलगायत १८ दल र राष्ट्रपतिको कदमलाई जयजयकार गर्ने व्यावसायिक बुद्धिजीवीले लिनुपर्छ कि पर्दैन ?
माधव नेपालका तत्कालीन चुनौती त सरकारलाई पूर्ण आकार दिनु नै हुनेछ । कांग्रेस फोरम तमलोपासँगै टोल-टोलका क्लबस्तरका पार्टीले उनलाई त्यसै समर्थन दिएका होइनन् । तिनीहरु सबलाई खुसी पार्ने हो भने उनको मन्त्रीमण्डलको आकार ०५६ सालपछि देउवाको मन्त्रीमण्डलभन्दा पनि जम्बो हुनेछ । यी दलको हैसियतको आभासमात्र दिलाउन खोज्दा पनि उनको सरकारमा दश रेक्टर स्केलको भूकम्प जाने खतरा छ । ३ सय ५८ मत पाएका माधवलाई साना केही दलले सरकार निर्माणकै क्रममा समर्थन फिर्ता लिने सम्भावना छ । तीमध्ये फोरमले मात्र समर्थन फिर्ता लिइदियो भने ढोडको बैशाखी टेकेको सरकार गर्लामगुर्लुम ढल्नेछ ।
प्रष्ट छ माधव नेपाल सरकारको साचो मदेसी दलहरुसँग छ जसको माग एक मदेस एक प्रदेश हो । यो माग पूरा गर्ने हो भने सरकारमा सहभागी पार्टीबीच नै बितण्डा हुनेछ । महाकाली सन्धिमा जस्तै एमाले पार्टी फुट्ने स्थिति आउनसक्छ । माग पूरा नभए पनि सरकारमा बस्न चाहे मदेसी दलहरु फुट्नेछन् र सरकारको आयुमा प्रश्नचिह्न लागिरहनेछ । यसको असर संविधान निर्माणमा पर्छ जसले संविधानसभा नै विफल बनाइदिने खतरा हुन्छ । त्यसो भयो भने त्यसको मुख्य दोष सरकार प्रमुख माधव नेपाल र उनको पार्टी एमालेको थाप्लामा पर्नेछ ।
कांग्रेसको समस्या उसको पराजित मनोविज्ञान हो । ऊ ऐतिहासिक संविधानसभामा वामपन्थीले पाएको ६२ प्रतिशत मतबाट रन्थनिएको छ । त्यसको निदान उसले वामपन्थी दलको ह्रासमा देखेको छ । यसकारण ऊ माधव नेपाललाई ढाल बनाएर भीष्मलाई जस्तै वामपन्थीलाई मृत्युशैयामा पुर्याउन चाहन्छ । गठबन्धनले माओवादी-एमाले सम्बन्ध बिग्रेको छ । आगामी दिनमा यो अझै शत्रुतापूर्ण हुनेछ । एमालेले कुनै प्रगतिशील क्रान्तिकारी काम गर्न लाग्यो भने पनि कांगे्रसले बैशाखी झिकेर उनलाई लडाइदिने पक्का छ । ०५२ सालमा अल्पमतको सरकार कांग्रेसले त्यसै ढालिदिएको होइन ।माधव नेपालको प्रशंसा त्यतिखेर खुबै भयो जब उनले संविधानसभामा पार्टी र आफ्नो हारको नैतिक जिम्मेवारी लिँदै महासचिव पदबाट राजीनामा गरे । मनोनयनबाट पनि आउन अस्वीकार गर्नु उनको अर्को प्लस प्वाइन्ट थियो । त्यतिखेर उनको नैतिकता डगमगायो जब उनलाई प्रथम राष्ट्रपति बन्न लोभ देखाइयो । संवैधानिक समितिको अध्यक्ष बन्न माओवादीले राखेको प्रस्ताव स्वीकार्दै आफ्नै अडानविपरीत उनी सुशीलचन्द्र अमात्यलाई राजीनामा गराएर सभासद बने । अध्यक्ष कार्यकारी हुने भएपछि पार्टीमै सर्वसम्मत अध्यक्ष बन्न खोजे । त्यसमा असफल भएपछि एक समयका कडा प्रतिद्वन्द्वी केपी ओलीको क्याम्पमा पुगे । कांग्रेसले प्रधानमन्त्री बन्न प्रस्ताव राखेपछि दायावाया नहेरी सिठी नै नबजी लिगलिगे दौडमा सामेल भए र दौड जित्न सफल भए । देखिन त उनी राजनीतिका कुशल खेलाडी देखिए तर उनको हालत त्यो बहुचर्चित अभिनेताको जस्तो भइदियो जसको अभिनयबाहेक सबै कुरा राम्रो हुन्छ ।
ओशोका अनुसार डार्विन न्यूटन बन्नुपर्ने भारतीय युवकका दिमाग चौबीसै घण्टा युवतीका स्कर्टवरिपरि घुमिरहेको हुन्छ । यसकारण तिनीहरु असफल छन् । तिनकै शैलीमा सत्ताको स्कर्टवरिपरि घुमिरहेका दलको बैशाखी टेकेर माधव नेपालले गर्नसक्ने र गर्नैपर्ने काम संविधान निर्माण र शान्तिप्रकि्रया पूरा गर्न माओवादीलाई पनि सहमतिमा ल्याउनु हो । माओवादीका आफ्नै समस्या छन् । नेताका पेलाह मिजास र कार्यकर्ताको अराजकता माओवादीका निको नभएका दुई घाउ हुन् । तथापि ऊबिना न संविधान बन्नसक्छ न शान्तिप्रकि्रया पूरा हुन्छ । राष्ट्रिय सहमतिको सरकार बन्ने शर्तमा सरकारको नेतृत्व त्याग्न पनि तयार हुनुमै माधव नेपालको योग्यताको वास्तविक परीक्षा हुनेछ । अन्यथा दक्षिणपन्थी दलका निमित्त नायक प्रधानमन्त्रीका रुपमा इतिहासमा नाम दर्ता गर्नुबाहेक सुनाम उनको भागमा केही पर्नेछैन .
June 6, 2009 at 6:30 pm |
very powerful writing.