-अभय श्रेष्ठ
अब सत्यलाई पनि
सत्य सावित हुन साक्षी चाहिएको छ
घामलाई घाम हुन
जूनलाई जून हुन
आकाशलाई आकाश हुन साक्षी चाहिएको छ ।
-अभय श्रेष्ठ
अब सत्यलाई पनि
सत्य सावित हुन साक्षी चाहिएको छ
घामलाई घाम हुन
जूनलाई जून हुन
आकाशलाई आकाश हुन साक्षी चाहिएको छ ।
त्यतिखेरै
सत्यको हत्या भइसकेको हुन्छ
जब जोडिन्छन् सबुदहरु ।
अब मेरो प्रेम र मेरो सपनाको हत्या
मेरै नाममा अरु कसैले गरिदिन्छ
मेरो मुटु मेरो शरीरबाट
काटेर कसैले मिल्काइदिन्छ
मेरो मृत्युपत्रमा
अरु कसैले मेरै हस्ताक्षर गरिदिन्छ
तर यी सबै अपराधका लागि अपराधीलाई कुनै सजाय हुँदैन ।
अभय श्रेष्ठ
सोह्र्र वर्षपछि
मेरा आँखामा फर्किएको छ त्यो ज्वाला
जसको रापले कुनै दिन
डढेको थियो कालो संविधानको पुस्तक ।
सोह्र्र वर्षपछि फेरि
युद्धबन्दी छ दिमागको किल्ला
काटिएका छन् हातका औँलाहरु
गायब छ केशमा शिरको सौन्दर्य ।
बिउँँझिएर उठेका छन्
मृत संविधानका अक्षरहरु
र टाँसिदैछन् नयाँ संविधानका अक्षरमाथि
जसरी अखबारको पेस्टरले
पुरानै नक्सामा टाँस्छ नयाँ तस्बिर ।
सुन्दर मुलायम बगैँचामा
सुँगुरहरुले गरिदिएका छन् सर्वत्र फोहोर
तमसुकमा तहविलदारले जाली अंक थपेजस्तै
शमशेर गणका मौसमी प्रेतहरुले
लेखिदिएका छन् त्यसमाथि- प्रजातन्त्र ।
‘दुःख के हो ?
जीवन के हो ?
अब म देखाउँछु संसारलाई !’
खाडीजस्तो जिन्दगीको अघोर अन्धकारबाट उठेर
उज्यालो बिहानीलाई चिहाउँदै
एउटी बदिनीले घोषणा गरी-
’अब म मिल्काउँछु
सभ्यताको यो असभ्य परिधान
र देखाउँछु पातालजस्तो दुःख संसारलाई !’
Read the rest of this entry »
तेस्रो किनारा कथासंग्रह प्रकाशित गर्नुअघि नै चंकी श्रेष्ठ अभय श्रेष्ठ भइसकेका थिए । उनी अभय हँुदैगर्दा देशको राजनीति फेरिइसकेको थियो । जनताका आँखामा अब त केही होला भन्ने आशाका प्वाँख पलाइसकेको थियो । उता चंकीभित्र भने यही व्यवस्थाप्रति पनि असन्तुष्टि बढ्दै थियो । उनी ुकेही नयाँु खोजिरहेका थिए । नयाँपन खोज्ने उनको आकांक्षाले सँग्लो आकार ग्रहण गरिसकेको थिएन । आत्मसम्मानपूर्वक बाँच्न पाउनुपर्ने मान्छेले जब नयाँ तन्त्रको नाममा फेरि आफूमाथि अर्को मान्छेले उहिलेजस्तै गरी छडी घुमाएर आदेश दिइरहेको पाउँछ निश्चय नै त्यो व्यवस्था नयाँ हुन सक्दैन । यस्तै आग्रहसाथ अखबार र साहित्यिक पत्रिकामा उनी अभयकै नाममा स्तम्भ र रचना लेख्न थालेका थिए । तिनै अभयको नयाँ किताबबारे कम तर उनको नामबारे बढी चर्चा र विवाद गर्नुको पछाडि समीक्षकहरुको बेखबरी वा अज्ञान मुख्य कारक पक्कै होइन । त्यसो हँुँदाहँुँदै नाममा अतिरिक्त बहस गर्दा प्रश्न सोध्न मन लाग्छ यी लेखकले उभ्याउन खोजेका नयाँ चेतका कथानायकहरुबारे बहस नगरी नामकै मात्र चर्चा गरेर पन्छिनुपछाडि कुनै साहित्यिक लघुषड्यन्त्रले काम त गरेको छैन ?
Read the rest of this entry »
हरि अधिकारी र हरिहर अधिकारीको नाम उस्तै बुझिन थालेपछि कुनै बेला श्यामल भन्ने नामको जन्म भएको थियो । खास गरी कविताको क्षेत्रमा प्रभावकारी उपस्थिति जनाइरहेका हरिहर अधिकारीले अकस्मात् नाम परिवर्तन गरेर श्यामल नाम राखेका थिए । त्यतिबेला निस्कने चर्चित साहित्यिक पत्रिका उत्साह त्रैमासिकको अंक चौधमा यस पंक्तिकारले ुरंगहरु शीर्षकको कवितासहित श्यामल भन्ने नामलाई सार्वजनिक गरेको थियो । अहिले अर्को स्रष्टाले नितान्त व्यक्तिगत कारणको धपेडीमा परेर आफ्नो नाम परिवर्तन गरेका छन् । गजल कविता कथा र लेख-निबन्धहरुमा चंकी श्रेष्ठको नामले राम्ररी चिनिइसकेका स्रष्टाले आफ्नो त्यो नामलाई अभय श्रेष्ठमा रुपान्तरित गरेका छन् । एउटा नामको यस्तो वियोगान्त र अर्को नामको यस्तो प्रारम्भ वास्तवमा अलि असजिलो घटना हो । तर आवश्यकताले त्यसलाई सजिलो बनाइदिँदो रहेछ । <br>
Read the rest of this entry »
Sahitya Sanjal Nepal had organised a literary tour to Bethanchok of Dhunkharka VDC in Kavre Palanchok on Push 9, 10, 11. It is said that the summit is 3018 ft. At the picture, from left, Basanta Basnet, me, Pramila Thapaliya, Deepak Kathit and Bishnu Prawa Sapkota.
My anthology of short stories Tesro Kinara was made public on Jeth 30, 2068. The chief of Sangrila Books Mani Sharma and me making the book public.
Photo: Bijay Gajmer
दुनियाँमा यति धेरै मान्छे बाँचिरहेका छन् । म पनि बाँचिरहेको छु । यो मेरो आफ्नै जीवन हो । लेखन मेरो जीवनशैली हो । यो मेरो बाँच्ने र बचाउने सांस्कृतिक अभियान हो ।
म किन लेख्छु ?
अभय श्रेष्ठ,कथाकार/कवि
अभय श्रेष्ठ साहित्य किन लेख्छ ?
अभय श्रेष्ठभित्र अटेसमटेस विद्रोह छ । वर्ग र स्वभाव नमिल्ने परिचितहरूबीच उसले सधैँ आफूलाई एक्लो महसुस गर्नुपर्यो । यही एक्लोपन उसको शक्ति थियो । बाल्यकालमै आमाको निधन । किशोर कालमा पिताको दीर्घ रोग । प्रकट हुन नसकेका चारवटा एकतर्फी प्रेम जुन असफल हुनु अनिवार्य थियो । जुत्ता नलगाई स्कुल जाँदा सहपाठी केटीले गिल्ला गर्दा भएको आत्मग्लानी । कलेजकालमा बसभाडा तिर्दा किताब किन्न पैसा नपुग्ने, किताब किन्दा फिस तिर्न नपुग्ने । कलेजको जाँच पर्दा पनि दिनभरि खेतमा काम नगरी सुख नपाइने संकटग्रस्त काठे किसानको नियति । बिए पास गरिसकेपछि पनि लामो समयसम्म कहालीलाग्दो बेरोजगारी । आवश्यक पर्दा पनि आफ्नो कुरा प्रकट गर्न नसक्ने अन्तर्मुखी स्वभाव । यथार्थमा उसको विगत अपि्रय स्याँठ चल्ने चैतजस्तै उदास थियो । विगतमा ऊ आउटसाइडर थियो । साहित्यकार र पत्रकारका रूपमा सानोतिनो परिचय बनाइसक्दा आज पनि वर्ग र स्वभाव नमिल्ने सहकर्मीबीच आउटसाइडर छ । यही गुम्फनले उसभित्र विद्रोह हुर्काएको थियो जुन प्रकट गर्न उसले लेख्न थाल्यो । त्यो आज उसको लेखनको स्वभाव बनेको छ । नलेखेको भए यो गुम्फन बमजस्तै पड्केर उहिल्यै ऊ मरिसक्थ्यो कि ! Read the rest of this entry »
-अभय श्रेष्ठ
यो प्रदर्शनीको भित्तामा टाँगिएको
सुन्दर स्निग्ध र उदास
युवतीको तस्बिर देख्दा
किन यस्तरी हल्लिन्छ मेरो मुटु ?
हरियो जंगलबाट फुत्त निस्कने
हरिणजस्ता यी सुन्दर आँखा
र यी आँखाबाट फैलिरहेको
अलिखित संविधानजस्तो अनन्त उदासी
किन यस्तरी परिचित लाग्छ मलाई ?
Read the rest of this entry »